विद्यालयमा कविता श्रृङ्खला- ७

भाद्र ३०, २०६७ विराटनगर । श्री मोतिराम साहित्य प्रतिष्ठानले ‘विद्यालयमा कविता श्रृङ्खला- ७’ अन्तर्गत विराटनगर स्थित सेण्ट जोसेफ स्कुलमा कवितावाचन कार्यक्रम सम्पन्न गर्‍यो । उक्त विद्यालयका विद्याथीहरुबीच भएको कविता प्रतियोगितामा पूजा यादव प्रथम, स्यारोन रेग्मी द्वितीय र सिद्धान्त सुबेदी तृतीय भए । प्रमुख अतिथी प्राज्ञ दधिराज सुबेदीले विजयीलाई सोही अवसरमा पुरस्कृत गरे । विद्यालयका नेपाली विषयका शिक्षक तिलक सापकोटाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रतिष्ठानकी अध्यक्ष कवि ज्योति जंगलले निर्णायकको भूमिका निर्वाह गरिन् ।

कार्यक्रममा साहित्यकार नवराज सुब्बा, कवि सुभलक्ष्मी लम्साल, सविता गौतम, रमेश सायन, हेमन्त बराल, भीम घिमिरे लगायतले विद्यार्थी बालबालिकालाई आ-आफ्ना रचनाहरु सुनाए ।

मन्तव्यको क्रममा समालोचक तथा प्राज्ञ दधिराज सुबेदी र तिलक सापकोटाले साहित्य र श्रृङ्खलाको महत्व बारेमा प्रकाश पारे । कवि गंडकीपुत्रद्वारा संचालित कवि गोष्ठीमा विद्यालयका प्रिसिपल अटल थापा, शिक्षकवर्ग तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

Similar Posts

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • फेसबुकबाट पुस्तक बिमोचन

    सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…

  • राष्ट्रिय एकता दिवस भव्य

    पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा.

  • २३६ औं पाक्षिक कविगाष्ठी

    असोज १, २०६७ । हरेक पाक्षिक शुक्रबार वाणी प्रकाशन विराटनगरमा आयोजना हुने कवि गोष्ठी यसपालि पनि नियमित रुपमा सम्पन्न भयो ।

  • समता साहित्य प्रतिष्ठानको स्थापना

    < फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति…

  • ‘अमूल्य जीवन’को लोकार्पण

    गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो ।

One Comment

Leave a Reply