भाद्र ३०, २०६७ विराटनगर । श्री मोतिराम साहित्य प्रतिष्ठानले ‘विद्यालयमा कविता श्रृङ्खला- ७’ अन्तर्गत विराटनगर स्थित सेण्ट जोसेफ स्कुलमा कवितावाचन कार्यक्रम सम्पन्न गर्‍यो । उक्त विद्यालयका विद्याथीहरुबीच भएको कविता प्रतियोगितामा पूजा यादव प्रथम, स्यारोन रेग्मी द्वितीय र सिद्धान्त सुबेदी तृतीय भए । प्रमुख अतिथी प्राज्ञ दधिराज सुबेदीले विजयीलाई सोही अवसरमा पुरस्कृत गरे । विद्यालयका नेपाली विषयका शिक्षक तिलक सापकोटाको अध्यक्षतामा भएको प्रतियोगितामा प्रतिष्ठानकी अध्यक्ष कवि ज्योति जंगलले निर्णायकको भूमिका निर्वाह गरिन् ।

कार्यक्रममा साहित्यकार नवराज सुब्बा, कवि सुभलक्ष्मी लम्साल, सविता गौतम, रमेश सायन, हेमन्त बराल, भीम घिमिरे लगायतले विद्यार्थी बालबालिकालाई आ-आफ्ना रचनाहरु सुनाए ।

मन्तव्यको क्रममा समालोचक तथा प्राज्ञ दधिराज सुबेदी र तिलक सापकोटाले साहित्य र श्रृङ्खलाको महत्व बारेमा प्रकाश पारे । कवि गंडकीपुत्रद्वारा संचालित कवि गोष्ठीमा विद्यालयका प्रिसिपल अटल थापा, शिक्षकवर्ग तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

बालदिवसमा कविता
२३६ औं पाक्षिक कविगाष्ठी

Discussion

Leave a Comment