शुभकामना गीत

नव वर्षको नौलो स्पर्श छ आज तन मनमा
यताउति खोज्छु तिमी दिनलाई  शुभकामना ।

फूल पात डाली डुली जब गीत गाउछे चरी
होस हराउँदै जोस पलाउँछ आज यो मन भरि
फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।

तिमीसंग भेट हुने दिन कैले आउँला भनी
यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि गनी
स्वस्थ, शुख, समुन्नति म लेख्छु तिम्रै नाममा
यताउति खोज्छु तिमी दिनलाई  शुभकामना ।

Similar Posts

  • दुर्व्यसन विरुद्ध गीत

    अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।

  • गीत

    फूल फुल्यो बैंश झुल्यो मनै गम्केन म त नाँच्थे कोइलीको गीतै घन्केन । यसपालि वैशाख यो किन यति उराठ खोस्न किन शीतल आयो पापी बतास । तिम्रा रुप रङ्गहरु मेरै निम्ति होलान् जागेका यी उमंग मेरै निम्ति होलान् । पलाउँछौ आशा भई नयाँ नयाँ पालुवा नबनाऊ भरोसालाई बगरको बालुवा ।

  • हामी पहिले नेपाली

    हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने हिमाल सगरमाथा अरनीको कला र गोर्खाली वीरगाथा अखण्ड यो भूखण्ड हो यही स्वाभिमान फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान । माघीनाच, धाननाच, सिरुवा अनि रोदी झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी हामीलाई बचाउने संस्कृति छ महान् फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

  • गीत

    पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए मन सबै कुरा नलैजाऊ देऊ बालापन । कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी कुर्दाकुर्दै जोवन गयो दोधार भो मन…

Leave a Reply