सुस्केरा

(एक)
वहाँको बोलीको कुनै ठेगान भएन
बन्दूक र गोलीको पनि ठेगान भएन
घरिघरि म्याद थपेको देख्दा, संविधान
आउने भोलिको पनि ठेगान भएन ।

(दुई)
घरमा आगोको सारै भर थिएन
अब पानीको पनि कुनै भर भएन
झर्ला र खाउँला भन्दाभन्दै, संविधान
कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।

Similar Posts

  • सपनाको भकुण्डो

    हुट्टिट्याउँले आकास थामेन किन भो उभिण्डो न त बाख्राको मुखमा अट्छ कहिल्यै कुभिण्डो आफूलाई नधोच्ने जुँघाले अरुलाई नै घोच्दछ यसरी सकिंदैन गोल गर्न यो सपनाको भकुण्डो । जेठ १५, २०६९ विराटनगर नेपाल ।

  • मन

    यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।

  • जिन्दगी

    करेसाबारीमा नअटेको डिलबाट पनि धकेलिएको भीरमा फुल्ने फूल जस्तै यहाँ कसैको जिन्दगी हरदम आफैसित रम्नु रहेछ आखिर जिन्दगी गमला वा फूलबारी हैन स्वतन्त्र जिन्दगी ।

Leave a Reply