सत्यम् शिवम् शुन्दरम्

हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल

कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरुको बीचमा
लुकेर बसेको
सुवासलाई सुटुक्क सोधें
यो भन्दा सुन्दर
कहिल्यै नओइलिने फूल
छ मसंग
जाउँ त्यहीँ ढुक्कले बसौं
ऊ मानेन पटक्कै मानेन
पक्रन खोजें तर
नओइलिने फूलमा
म बस्दिन भन्दै
हात झड्कालेर
मेरो मनै दुख्नेगरि
सदाको लागि उ टाढा गयो
यी फूलका पत्रदलमा या
असल मानिसको देहमा
अर्थात् जगतमा
सुगन्ध अर्थात् प्राण
स्थायीबास बसेनन्
हाय ! मान्छेको जीवन
सत्यम् शिवम् शुन्दरम्  !

Similar Posts

  • आत्मा

    आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा…

  • प्रस्ताव

    तिम्रो न्यानो छातीमा
    बिसाएका मेरा सपनाहरू
    बसन्तमा फुल्ने फूलहरू हैनन्
    जसलाई शिशिरले झार्न सकोस्
    लालुपाते र बाबरी होइनन् माया
    जो वर्षैपिच्छे टिप्न सकियोस्

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

Leave a Reply