सत्यम् शिवम् शुन्दरम्

हाँसे हाँस्ने
रोए पनि हाँस्ने
कहिल्यै नओइलिने
एउटा सुन्दर फूल

कोरें कागजमा
अनि यसमा भर्नलाई
खोजें सुगन्ध चारैतिर
अलि पर बगैंचामा
फूलहरुको बीचमा
लुकेर बसेको
सुवासलाई सुटुक्क सोधें
यो भन्दा सुन्दर
कहिल्यै नओइलिने फूल
छ मसंग
जाउँ त्यहीँ ढुक्कले बसौं
ऊ मानेन पटक्कै मानेन
पक्रन खोजें तर
नओइलिने फूलमा
म बस्दिन भन्दै
हात झड्कालेर
मेरो मनै दुख्नेगरि
सदाको लागि उ टाढा गयो
यी फूलका पत्रदलमा या
असल मानिसको देहमा
अर्थात् जगतमा
सुगन्ध अर्थात् प्राण
स्थायीबास बसेनन्
हाय ! मान्छेको जीवन
सत्यम् शिवम् शुन्दरम्  !

Similar Posts

  • निर्मलाको नियति !

    मैले यति कुरुप आकाश आजसम्म देखेकै थिएन । आज म माथिको आकाशमा घाम छैन जून छैन, तारा छैन आकाशमा हावा छैन आज वर्षा गराउने एक टुक्रा बादल छैन उडिरहेका छैनन् आज आकाशमा चरा परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी पुतली या कुनै सुगन्ध छैनन् आकाशमा त आज बारुदको मुस्लो उडिरहेको छ बेला बेला मेघले झैं छातीमैं…

  • श्रद्धाञ्जलि !

    हिमाल हेर्दै तिमी कति खुसी हुन्थ्यौ तस्बिर टागेर भित्तामा कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी सायद सोच्दथ्यौ होला म पनि हिमालजस्तै अग्लो हुन पाउँ

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • आत्मा

    आत्मा भन्नाले चेतनशील, अविनाशी तथा अमूर्त तत्वलाई जनाउँछ, जुन मानिसको अस्तित्वको आधार मानिन्छ। हिन्दू, बौद्ध, जैन तथा अन्य धेरै धार्मिक तथा आध्यात्मिक परम्पराहरूमा आत्मा लाई अनन्त र पुनर्जन्म चक्रसँग सम्बन्धित तत्वको रूपमा लिइन्छ। यो शरीर नष्ट भए पनि अस्तित्वमा रहन्छ भन्ने विश्वास गरिन्छ। केही परम्पराहरूमा आत्मा लाई परमात्मासँग जोडिने मार्गको रूपमा हेरिन्छ, जसलाई मोक्ष वा…

Leave a Reply