|

Sabaile Dekchhan

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ

३ सबैले देख्छन्

सबैले देख्छन् बन डढेको बे
तर कसले देख्छ मन डढेको बे ।

अचारै मीठो रामभेंडाको बे
सम्झना आउँछ उहीबेलाको बे ।

रुखैमाथि चरी कठैबरी बे
आँशु झर्यो बरर आँखैभरी बे ।

(शब्द/संगीत/स्वर– नवराज सुंब्बा, एल्बम- हिमालैमा हिउँ)

Similar Posts

  • |

    Hey Janmabhumi Swarga Hau Timi

    हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र…

  • |

    Aruko Lakha Aamako Kakha

    (५) आमाको गीत अरुको लाख आमाको काख कसरी खोसियोे जलेझैं भयो मनमा आगो कसरी झोसियो । यो मनमै बस नबस बनमा न काँढामा फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा । मलाई यो के भो आमाको मन बुझ्न सकिन उनको पीरको थाप्लोको नाम्लो बोक्न सकिन । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का,…

  • |

    Timilai Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो थाहै नपाई त्यो गलामा चुँडिएको…

  • |

    Bahar Sanga

    ९  निधारमा टीका निधारमा टीका र जमरा थाप्छौं आशीर्वचनएकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगनबाआमाको आशिशसंगै उच्च भयो भावनापरदेशी पनि घर फर्के रमाइलो भो जीवनएकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर नमन सबका रमेका छन् जुटेका छन् खेल्नजीवनमा शक्ति भर्ने शान्ति दिने मनमाएकताको चाड…

  • Nepali Modern Songs

    एल्बम– बहारसंग १ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)   २ गुलाफको…