|

सहिदलाई सलाम

सहिदलाई सलाम Amulya Jivan Album

 

 

 

 

 

सहिदलाई सलाम

सिङ्गो जीवन बलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौ
स्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौ
यस्ता वीर सप्रतलाई लाखौं लाख सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै
आफ्ना हक खोस्नेसित हरदम लड्दै
हार कैले नमान्ने योद्धालाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

शोषित पीडित जनताको आत्मबल भर्ने
दीनदुःखीका सपनालाई अति माया गर्ने
भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

(गीतकार: नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम- अमूल्य जीवन)

Similar Posts

  • Nepali Modern Songs

    एल्बम- अमूल्य जीवन १. दुर्व्यसनविरुद्ध गीत अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं मिलिजुली अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सकारात्मक सोंच राखौं सुन्दर भविष्य आफूलाई गर्नु पर्छ आफैद्वारा सहयोग । (गीतकार/सङ्गीतकार : नवराज सुब्बा, गायक :…

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…

  • |

    Gulafako Thunga

    ८. गुलाफको थूँगाभित्र गुलाफको थूँगाभित्र, मायालुको बास्ना पाउँछु उड्ने मेरो मनभित्र, तिम्रो मात्र सपना देख्छु । सुकेका यी ओठहरू, गीत गाई रुझुँ भन्छ, चञ्चले यी आँखाहरू कतै गई अल्झुँ भन्छ । साँचेको छु मुटुभित्र, आई यहाँ बस्ने गर, सपनीमा आउने माया, बिपनी मैं आउने गर । (गीतकार/गायक : नवराज सुब्बा, सङ्गीतकार : प्रेम भट्टचन, एल्बम:…

  • |

    Hey Janmabhumi Swarga Hau Timi

    हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र…

  • |

    Nepali Nepali Hami Nepali

    Nepali-patriotic-songs नेपाली देशभक्ति गीत (Nepali patriotic songs) hold a special place in our hearts, celebrating the unity, diversity, and cultural richness of Nepal. From the snowy peaks of the Himalayas to the plains of the Terai, these songs express love and devotion to our nation. १ नेपाली नेपाली हामी नेपाली  नेपाली नेपाली हामीमधेसी होस् वा…