मुक्तक

म त तिमीलाई दिन्न बधाई अब
अलिकति छ खुशी बाँड्दिन सब
किनकि जसलाई दिएँ शुभकामना
ती सबै ढले शिखर नपुग्दै सब ।

भाद्र १२, २०६८

Similar Posts

  • यो के भो !

    कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ? जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।

  • मुक्तक-2

    किन हो चरी रोएको मन पर्छ मनको रुमाल धोएको मन पर्छ आफैलाई दुखे पनि किन होला त्यो तिर्सनाले छोएको मन पर्छ । — तस्वीरमा झैं सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।

  • तिमी देख्दा

    दिँदैनन् साथ कोही तर पनि म एक्लै नाच्दछु मेरा यहाँ कोही छैनन् ता पनि म बाँच्दछु जिउँने क्रममा यति बिघ्न च्यापमा परियो कि जो कोही देख्दा पनि म मुसुक्क हाँस्दछु । — (यो फोटोले प्रभावित भएर लेखेको सिर्जना हो । जेठ २३, २०६९ विराटनगर)  

  • मुक्तक

    सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो सरकार ! देऊ अब सुशासन, जनताको माग यो हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब ! बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो । एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…

Leave a Reply