‘अमूल्य जीवन’को लोकार्पण

गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो । स्कुले जीवन र क्याम्पस जीवनमा भएका कथा व्यथाहरुलाई समेटेर लेखिएका गीतहरुले जीवनको महत्वपूर्ण कालखण्डलाई सम्बोधन गर्ने गीतकार सुब्बाको भनाई छ । एल्बममा समावेश भएका गीतले लागूऔषध दुव्र्यसनिलाई कुलतबाट बचाउन सन्देश दिएको छ । एल्बममा सुमित खड्का,साजन राई,सूर्य थुलुङ,नवराज सुब्बा,सुनिता लिम्बू,नरेन्द्र प्यासी लगायतका गायक गायिकाले स्वर दिएका छन । संगीत भने धीरज श्रेष्ठ,सूर्य थुलुङ, साजन राई र प्रेम भट्टचनले भरेका छन । KFM Namaste Nepal Click

Makalu TV News Click
Music Album ‘amulya jiwan’ access for Preview/Download Click 

 

 

Similar Posts

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

  • साहित्यकारहरुको भेटघाट

    अगष्ट २१, २०१० । सिलिगुरी भारत । मतिगढा गोर्खा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट भयो । काव्य प्रस्तुती र अनुभव आदान प्रदान भयो ।

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

Leave a Reply