अपाङ्गतासम्बन्धी सक्रियता
जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ । संस्थाले आर्थिक वर्ष२०६७/६८ को लागि रु २४ लाख ८० हजारको बजेट प्रस्तुत पेश गरेको छ । समाजका अध्यक्ष बिमल बस्नेतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, जि.वि.स.का गणेश तिमसिना, जिल्ला शिक्षा कार्यालयका सूर्य गौतम, एन.एल.आर.का नन्दु बास्तोला, सि.बि.आर.की उत्तरा चटर्जी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।