आकस्मिक कोषको स्थापना

मंसिर २०, २०६७ । मोरङ इन्द्रपुरमा करिव ७ लाख रुपैयाको आकस्मिक कोष स्थापना गरिएको छ ।

महिला सुत्केरी गराउन, सिकिस्त बालबालिकालाई उपचार गर्न, र्सपदंश लगायतका आकस्मिक स्वास्थ्य अवस्थामा आमा समूहका सदस्यहरुलाई सापट उपलब्ध गराउने उदेश्यले कोषको स्थापना गरिएको हो । गत आर्थिक वर्षा १४७ जनालाई उक्त कोषबाट रु २ हजार देखि ५ हजार रुपैयासम्म रकम सापट उपलब्ध गराइको जानकारी स्वास्थ्यकर्मी विश्वमित्र ढकालले गराउनु भयो ।

आकस्मिक कोषको महत्व र उपयोगिता महसूस गरेर चन्दादान गर्नेको संख्या दिनानुदिन बढिरहेको कुरा आमासमूहका सदस्यहरुले बताए । सातौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा  उक्त आकस्मिक कोषमा दान गर्ने तथा थपिदिनेको होडबाजी नै चलेको महसूस गरियो । उक्त आकस्मिक कोषमा हालसम्म विश्वमित्र ढकालले रु १ लाख ८० हजार, बमबहादुर थापाले रु १ लाख १ हजार, चन्द्रबहादुर गुरुङले रु १ लाख, लोकबहादुर थापाले रु ९० हजार, देवेन्द्रकुमार मास्केले रु ५१ हजार, श्रीप्रसाद गुरागाईले रु ४५ हजार, कृष्णप्रसाद सुबेदीले रु ४५ हजार, नरेन्द्र बस्नेतले रु २७ हजार, र्सर्ूयप्रसाद लम्सालले रु २७ हजार, लेखप्रसाद ढकालले रु १० हजार, नवराज चापागाई रु १० हजार र तिलप्रसाद ढकालले रु ९ हजार कोषलाई चन्दादान दिनु भएको ब्यहोरा समारोहमा जानकारी गराइयो ।

सातौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले आकस्मिक कोषमा दान दिने चन्दादाता, आमासमूहका अध्यक्षहरुलाई प्रमाणपत्रसहित दोसल्ला तथा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जिन्सी, नगद पुरस्कारसहित दोसल्ला ओढाइ सम्मानित गर्नुभयो । गा.वि.स. सचिव विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न समारोहमा चन्दादाताहरुलाई आमासमूहहरुले फूल, माला र अबिरले स्वागत र सम्मान प्रकट गरेका थिए ।

Similar Posts

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा…

  • अपाङ्गतासम्बन्धी सक्रियता

    जेठ ३, २०६८ विराटनगर, अपाङ्गतासम्बन्धी कार्यरत संस्था सामर्थ्य नेपालले दोस्रो वार्षिक साधरण सभा गरेको छ । संस्थाले आर्थिक वर्ष२०६७/६८ को लागि रु २४ लाख ८० हजारको बजेट प्रस्तुत पेश गरेको छ । समाजका अध्यक्ष बिमल बस्नेतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, जि.वि.स.का गणेश तिमसिना, जिल्ला शिक्षा कार्यालयका सूर्य गौतम, एन.एल.आर.का नन्दु…

  • “Service is the rent we pay for living.” Marion Wright Eddelman

    मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो । विराटनगर उपमहानगरपालिकाका प्रमुख श्री गोपालप्रसाद रेग्मी र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई नगद र प्रशंसापत्र प्रदान गरे । निस्वार्थ, स्वस्फूर्त आउने स्वयंसेवा प्रार्थनीय छ, यस्ता स्वयंसेवकहरुलाई सम्मान…

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

  • Mass drug campaign held in Bhutanese refugees camp against Filariasis

    माघ २९, २०६९ विराटनगर । मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले…

  • आमासमूहको सक्रियता

    मंसिर १०, २०६७ । मोरङ इन्द्रपुर १ आमासमूहको वाषिर्क साधारण सभा सम्पन्न भएको छ । सभामा ९ सदस्यीय कार्यसमिति गठन गर्ने, आकस्मिक कोषको सुदृढिकरण गर्ने र आमासमूहको भवन बनाउने निर्णय गरिएको छ । उक्त साधारण सभामा आकस्मिक कोषको लागि चन्द्रबहादुर गुरुङ र कमला गुरुङले रु ५० हजार, स्वास्थ्यकर्मी विश्वमित्र ढकालले थप १० हजार अनुदान दिएको…

Leave a Reply