आकस्मिक कोषको स्थापना

मंसिर २०, २०६७ । मोरङ इन्द्रपुरमा करिव ७ लाख रुपैयाको आकस्मिक कोष स्थापना गरिएको छ ।

महिला सुत्केरी गराउन, सिकिस्त बालबालिकालाई उपचार गर्न, र्सपदंश लगायतका आकस्मिक स्वास्थ्य अवस्थामा आमा समूहका सदस्यहरुलाई सापट उपलब्ध गराउने उदेश्यले कोषको स्थापना गरिएको हो । गत आर्थिक वर्षा १४७ जनालाई उक्त कोषबाट रु २ हजार देखि ५ हजार रुपैयासम्म रकम सापट उपलब्ध गराइको जानकारी स्वास्थ्यकर्मी विश्वमित्र ढकालले गराउनु भयो ।

आकस्मिक कोषको महत्व र उपयोगिता महसूस गरेर चन्दादान गर्नेको संख्या दिनानुदिन बढिरहेको कुरा आमासमूहका सदस्यहरुले बताए । सातौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा  उक्त आकस्मिक कोषमा दान गर्ने तथा थपिदिनेको होडबाजी नै चलेको महसूस गरियो । उक्त आकस्मिक कोषमा हालसम्म विश्वमित्र ढकालले रु १ लाख ८० हजार, बमबहादुर थापाले रु १ लाख १ हजार, चन्द्रबहादुर गुरुङले रु १ लाख, लोकबहादुर थापाले रु ९० हजार, देवेन्द्रकुमार मास्केले रु ५१ हजार, श्रीप्रसाद गुरागाईले रु ४५ हजार, कृष्णप्रसाद सुबेदीले रु ४५ हजार, नरेन्द्र बस्नेतले रु २७ हजार, र्सर्ूयप्रसाद लम्सालले रु २७ हजार, लेखप्रसाद ढकालले रु १० हजार, नवराज चापागाई रु १० हजार र तिलप्रसाद ढकालले रु ९ हजार कोषलाई चन्दादान दिनु भएको ब्यहोरा समारोहमा जानकारी गराइयो ।

सातौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले आकस्मिक कोषमा दान दिने चन्दादाता, आमासमूहका अध्यक्षहरुलाई प्रमाणपत्रसहित दोसल्ला तथा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई जिन्सी, नगद पुरस्कारसहित दोसल्ला ओढाइ सम्मानित गर्नुभयो । गा.वि.स. सचिव विनोद न्यौपानेको अध्यक्षतामा सम्पन्न समारोहमा चन्दादाताहरुलाई आमासमूहहरुले फूल, माला र अबिरले स्वागत र सम्मान प्रकट गरेका थिए ।

Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.

Leave a Reply