कदर पत्र प्रदान

२०७२ जेठ २ गते विराटनगर ।
त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका पदाधिकारीहरु, जनजाति महासंघका पदाधिकारीहरु तथा विशिष्ठ व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

KYC BRT phd sanman

Similar Posts

  • कृति विमोचन

    भाद्र ३०, २०७३ काठमाडौं । गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • विद्यालयमा कविता श्रृङ्खला- ७

    भाद्र ३०, २०६७ विराटनगर । श्री मोतिराम साहित्य प्रतिष्ठानले ‘विद्यालयमा कविता श्रृङ्खला- ७’ अन्तर्गत विराटनगर स्थित सेण्ट जोसेफ स्कुलमा कवितावाचन

  • शुभकामना !

    शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक…

  • सुब्बाका एल्बमको भिडियो बजारमा आउने

    विराटनगर, १५ माघ । चर्चित गीतकार नवराज सुब्बाको गजल एलबम लुकेको रहरको भिडियो बजारमा आउने भएको छ ।

  • फेसबुकबाट पुस्तक बिमोचन

    सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…