खेलकूद –गीत

जिन्दगी यो एउटा रमाइलो खेल हो
जीत हार स्वीकार्ने मित्रता र मेल हो ।

नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं
मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं ।

हिमाल जस्तो शिर छ तराई जस्तो छाती
देशको नाम राख्नेछौं हातमा झण्डा बोकी ।

सगरमाथा काखमा सधैं हाम्रो माया छ
मेची काली झैं बग्ने नरित्तिने माया छ ।

Similar Posts

  • मोरङगीत

    पौराणिक, ऐतिहासिक, राजनीतिक संगम आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक यो मोरङ चेतनाको विऊ छर्दछ कृषिभूमि मोरङ हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राह, रानी, बुधनगर विराट गौरव समेट्छ यो विराटनगर राजारानीपोखरी जेफालेडाँडा मनोरम बेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फूलबारी छाती यसको चौडा छ अवसर बराबरी आर्य, कोच, किरात…

  • शुभकामना गीत

    नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसंग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि…

  • गीत

    पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए मन सबै कुरा नलैजाऊ देऊ बालापन । कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी कुर्दाकुर्दै जोवन गयो दोधार भो मन…

Leave a Reply