दुर्गम स्थानमा गाउँघर क्लिनिक
चैत्र १८, २०६९ ।
मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई दिन महिला, बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरिन्छ । गाउघर क्लिनिक ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षतामा सम्पन्न समारोहमा गा.वि.स. सचिव जयधर्म आचार्य, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इञ्चार्ज डा. शरद बराल, राजघाट उपस्वास्थ्य चौकी इञ्चार्ज हरिप्रसाद आचार्य, मुरारी आचार्य, पुण्यप्रसाद पौडेल, पशुपति खतिवडा, वाशुदेव ढुँगाना, बलबहादुर तामाङ लगायतले गाउघर क्लिनिकबारे बोल्नु भयो । समारोहमा चन्दादाताहरुलाई प्रशंसापत्र प्रदान पनि गरिएको थियो ।