मोरङ जिल्लामा सार्वजनिक विद्यालयतर्फ एस.एल.सी. परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई पदान गरिने ‘श्री तुलसादेवी भट्टराइ स्मृति छात्रा प्रोत्साहन वाणी पुरस्कार’ श्री वीरेन्द्र उच्च माध्यमिक विद्यालय अमरदहकी सुश्री एलिना रिजालले प्राप्त गनुभयो । वाणी प्रकाशन विराटनगरमा आयोजित एक कार्यक्रममा प्राज्ञ दधिराज सुबेदीले उक्त पुरस्कार प्रदान गर्नुभयो । डा. बिमला श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि भाषाशास्त्री डा. टंक न्यौपानेले शुभकामना मन्तब्य ब्यक्त र कवि नवराज सुब्बा, मनु मञ्जिल र सविता गौतम दाहालले शुभकामनासहित आ-आफ्नो रचनावाचन गर्नुभयो । कार्यक्रममा पुरस्कृत छात्रा एलिनाले आफ्नो मन्तव्यमा पुरस्कारले प्रोत्साहित भएको र भविश्यमा नर्स बनेर सेवा गर्ने चाहना बताउनु भयो । कार्यक्रममा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेल, मधु पोखरेल, सोभराज अभय, कविराज पोखरेल, हरि प्रसाद बराल, खेम नेपाली, गण्डकीपुत्र लगायतका साहित्यकारहरुको उपस्थिति थियो ।

दशैं
शुभकामना आदानप्रदान र मैत्रीपूर्ण कविगोष्ठी

Leave a Comment