बाणीमा कविगोष्ठी

असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल, हरि प्रसाद बराल, भैरुदास सुराना, लावण्य सापकोटा, कृष्ण कोइराला चारघरे, जयप्रसाद पाण्डे, दीपक सञ्चु, रमेश सायन, शिवनारायण पंडित, चुडामणि नेपाल अकिंचन, रामसागर अधिकारी, माधवप्रसाद मुकुन्द, परशुराम कार्की, दीपकज्योति बस्नेत, शंकर सुबेदी, माया पौडेल, सरिता दाहाल, सरिता तुलाधर, पञ्चम विस्मृत, पुनम अधिकारी, गोविन्द पल्लवी र गंगा कार्कीले कविता, गजल र गीत वाचन गरे ।

प्राज्ञ तथा वरिष्ठ कवि कृष्णभूषण बलको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा कवि नवराज सुब्बाले सभापतित्व ग्रहण र शुभलक्ष्मी लम्सालले गोष्ठी संचालन गर्नुभएको थियो ।

वाणी प्रकाशन विराटनगरले हरेक १५ दिन शुक्रबार ३ बजेदेखि करिव डेढ घण्टा नयाँ, पुराना कविहरुलाई भेला गराइ नियमित कविगोष्ठी गराउँदै आएको छ । यर्सथमा कतिपय स्रष्टाहरुले वाणी प्रकाशनलाई साहित्यकारहरुको पाठशालाको रुपमा मान्दै आएको पनि बुझिएको छ ।


Similar Posts

  • फेसबुकबाट पुस्तक विमोचन

    बैशाख २७, २०६९ विराटनगर । गीता ढकालद्वारा लिखित/सम्पादित ‘नवराज सुब्बाको मनको मझेरीमा बस्दा’ पुस्तक फेसबुकबाट विमोचित भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको लागि गरिएको शोधमा आधारित आलेख र अन्य ९ जना लेखकका समालोचना र समीक्षा समेत उक्त पुस्तकमा संग्रहित छन् । पुस्तकसभित्र समालोचक डा. खेम दाहाल, दधिराज सुबेदी, लक्ष्मी खतिवडा, प्रेमप्रसाद सञ्जेल पाखे, हरिप्रसाद…

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • राष्ट्रिय एकता दिवस भव्य

    पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा.

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

Leave a Reply