फागुन ३०, २०६८ विराटनगर । गत माघ २१, २२ र २३ गते संचालित हात्तिपाइले रोग विरुद्धको अभियानमा मोरङ जिल्लामा ७ लाख १६ हजार ३ सय २४ जना अर्थात् लक्षको ७५ प्रतिशतले औषधी खाएका छन् । अभियानमा जिल्लाले ९ लाख ६१ हजार २ सय ४७ जनालाई औषधी खुवाउने लक्ष राखेको थियो । सबैभन्दा बढी पाटी गा.वि.स.मा ९८ प्रतिशतले र सबैभन्दा कम विराटनगर उपमहानगरपालिकामा ५७ प्रतिशतले मात्र औषधी सेवन गरेको र अभियानको दौरान जिल्लामा २७८ जनामा अवाञ्छित असर देखा परेको र सामान्य उपचारपछि घर फर्केको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले  हालै जनाएको छ ।
उक्त अभियानमा जिल्लामा हात्तिपाइलेबाट खुट्टा सुन्निएका ८ सय ३ जना, हाइड्रोसिल भएका ३ हजार १६ जना र शरीरका अन्य अङ्मा प्रभावित भएका ६ सय ५१ जना गरि जम्मा ४ हजार ४ सय ७० जना हात्तिपाइले रोगका विरामीहरूले समेत औषधी सेवन गरेका छन् ।
नेपालबाट सन् २०२० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने सरकारी प्रतिबद्धता अनुरुप मोरङ मोरङ जिल्लामा १८ प्रतिशत जनसंख्याको शरिरमा हात्तिपाइले रोगको परजीवि भएको अनुसन्धानले देखाएको छ । शरीरभित्र परजीवि भएको खण्डमा त्यस्ता मानिसलाई अवाञ्छित असर देखा पर्ने विज्ञहरूको भनाई छ । औषधी सेवनबाट १ देखि २ प्रतिशतमा सामान्य अवाञ्छित असर देखापर्ने र सो पछि आफै हराएर जाने भएता पनि पहिलो दिन औषधी सेवनबाट उत्पन्न असरबारे संचारमाध्यमबाट भएको प्रचारप्रसारले जनमानसमा डर–त्रास उत्पन्न भई कार्यक्रम प्रभावित भएको कार्यालयले जनाएको छ ।
हाल कार्यक्रमको प्रगतितर्फ हेर्दा मोरङ जिल्ला पूर्वाञ्चलमा प्रथम भएको छ र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले अभियानमा संलग्न स्वयंसेवकहरू, स्वास्थ्यकर्मी, संचारकर्मी तथा संलग्न सबैमा धन्यवाद ज्ञापन गरेको जनाएको छ ।

संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा
मुक्तक

Leave a Comment