|

राष्ट्रिय खोप दिवस बालअधिकार

सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा)

पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि ! भनेर यदाकदा अभिभावकहरूले जिज्ञाशा प्रकट गरेको पाइन्छ । बुझन जरुरी के छ भने राष्ट्रिय खोप दिवस बालबच्चाहरूको लागि अनिवार्य थप अवसर हो । अभियानमा पोलियो खोप खुवाएपछि पोलियो भाइरस वातावरणमा फैलने भएकाले पोलियोको थप मात्रा लिन छुटेका बालबालिकालाई पोलियो संक्रमणको जोखिम हुन्छ । यसैले चैत्र २८ गते नजिकैको खोपकेन्द्रमा सबै बालबालिकालाई पोलियो खोप खुवाऔं र खोप पाउने बालअधिकारको रक्षा गरौं ।

सन् १९८८ देखि विश्वमा थालिएको पोलियो उन्मूलनको प्रयासले गर्दा आज पोलियो रोग १२५ देशबाट घटेर केही देशमा मात्र सीमित भएको छ । नेपालमा सन् १९९६ मा सुरु भएको राष्ट्रिय पोलियो खोप अभियान लगायतको फलस्वरुप सन् २००१ देखि सन् २००४ सम्मको समयावधिमा देशमा पोलियोका विरामी देखा परेनन् तर सन् २००५ देखि २००८ सम्म पोलियोका विरामी पुनः देखा परे । सन् २००९ देखि हालसम्म पोलियोको विरामी नेपालमा देखा परेको छैन ।

प्ाोलियो उन्मूलनका चारओटा रणनीतिहरू छन् जसअनुसार नियमित खोपको कभरेज ९५ प्रतिशत कायम राख्नु, राष्ट्रिय खोप अभियान, अतिशीघ्र लूलो पक्षाघात विरामीको निगरानी गर्नु र मप-अप अर्थात् विशेष पोलियो खोप अभियान संचालन गर्नु रहेका छन् । यसपटक संचालित राष्ट्रिय खोप अभियानको कार्यनीति के रहेको छ भने यसपालि चैत्र २८ गते पहिलो चरण र जेठ १ गते दोस्रो चरणको खोप कार्यक्रम हरेक खोप केन्द्रहरूमा एक/एक दिनको हुनेछ । विगत वर्षा पहिलो दिन खोप केन्द्रमा र दोस्रो दिन छुटेका बालबालिकालाई घरैमा गएर पोलियो खोप खुवाउने गरिन्थ्यो यसवर्षगरिँदैन । यसकारण भोली घरैमा खुवाउन टोली आइहाल्लान् नि ! भनेर बालबालिकालाई खोपकेन्द्रमा नलगेमा खोप खुवाउन छुट्छ यसमा सबैले ध्यान दिनु आवश्यक छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूद्वारा पोलियो खोप खुवाउन थालिएपछि समुदायमा खोपप्रतिको धारणामा सकारात्मक परिवर्तन आएको अनुभव गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मंत्रालयले खोप, भिटामिन ‘ए’ जस्ता अभियान र समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन अर्न्तर्गत झाडापखाला, निमोनिया, कुपोषण विरुद्धका कार्यक्रम र हाल नवजात शिशुलाई लक्षित गरि कार्यक्रमहरू संचालन भएपछि बालमृत्युदरमा उल्लेखनीय सफलता मिलेको छ । सन् १९९६ मा ११८ मा रहेको बाल मृत्मयुदर सन् २००६ मा ६१ मा झरेको छ । राजनैतिक प्रतिवद्धता, सरकारी एवम् गैरसरकारी संस्थाहरूको प्रयास, समुदायको सहभागिताको फलस्वरुप देशमा व्याप्त द्वन्द्व, वन्दजस्ता विषम परिस्थितिका बाबजूत पनि जनस्वास्थ्य क्षेत्रमा सकारात्मक सूचकाङ्क हासिल हुनु हामी सबैको गौरवको विषय हो । बालमृत्युदरलाई नेपालले सन् २०१५ सम्ममा ५४ मा झार्न सक्ने तथा सहस्राव्दी लक्ष्य हासिल गर्ने स्पष्ट दिशाबोध भैसकेको छ ।

नेपालमा पोलियो खोप अभियानमा नेपाल सरकारलाई विश्व स्वास्थ्य संगठन, यूनिसेफ, रोटरी, गाभी लगायतका अन्तराष्ट्रिय संस्थाहरूले ठूलो सहयोग गरेका छन् । स्थानीय तहमा स्थानीय प्रशासन, जि.वि.स., गा.वि.स., नगरपालिका, व्यापार संघ, आमा समूह, विद्यालय, नागरिक समाज, संचार जगत र महिला स्वास्थ्य स्वयंसेविकाहरूको पनि अभियानमा उल्लेख्य योगदान रहिआएको छ । बालमृत्युदर कम गराउन प्रभावकारी सिद्ध भैसकेकको खोप कार्यक्रमप्रति सबै क्षेत्रको प्रतिवद्धतामा कमी आउन नदिनु र गुणस्तरीय खोपको सुनिश्चितता गर्नु आजको आवश्यकता र चुनौती हुन् ।

Similar Posts

  • |

    मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

    सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार…

  • Delivery Service now Free in Nepal

    Government of Nepal has decided to make delivery service free across the country from 14 January 2009. The cost covering normal and scissoring section will be reimbursed to all health institutions accordingly by Ministry of Health as Regional Director Dr N.P. KC said in a regional workshop today in Biratnagar.  

    In Nepal, Maternal Mortality Rate (MMR) is 283 per 100,000 live births in 2005 and which is expected to lower as 250 by the year 2009 in the country as government plan. However, the MMR is being considered still higher in the region.

  • दादुरा खोप कार्यक्रम झापा जिल्लामा

    दादुरा खोप कार्यक्रम झापा जिल्लामा सफलतापूवॅक सम्पन्न भएको छ । अभियानका क्रममा जिल्लामा पाच वर्षमुनिका करिव ९५ पतिशत बालबालिकालाइ खोप लगाइएको छ । हाल भूटानी शिविर र माओवादी शिविरमा समेत खोप लगाउने काम भइरहेको जिल्ला जनस्वास

  • जग्गादातालाई सम्मान

    मोरङ विराटनगर, पौष २८, २०६७ । टंकीसिनवारी स्वास्थ्य चौकी भवन निर्माणस्थलको लागि चार कट्ठा जग्गादान दिने श्री हरिचरण विश्वासलाई हालै सम्मान गरियो । स्वास्थ्यचौकीमा आज आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले मण्डललाई सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो । भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा ब्यवस्थापन समितिका अध्यक्ष काशिराम श्रेष्ठ, बाबुप्रसाद यादव, प्रेमचन्द…

  • Citizen Forum Active in Water and Sanitation

    September 27, 2010. Biratnagar. Nagarik Sarokar Manch Nepal Biratnagar, a citizen forum in a way of ensuring safe drinking water and sanitation through good governance has published a book today. Nagarik Aawaz, comprising of articles on safe drinking water, sanitation, proper disposal of waste and the roles/ responsibilities of stakeholders are highlighted in the book….

  • द्वन्द्वपीडितलाई सहयोग

    माघ २, २०६७ । मोरङ याङसिलाका द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोगस्वरुप प्रदान गरिएको छ । युरोपियन युनियनको सहयोग, बाल समाज नेपालको पहल र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा याङसिला उपस्वास्थ्य चौकीमा आयोजित एक समारोहमा मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले ६ जना बालबालिकाहरुलाई शैक्षिकसामग्री वितरण गर्नुभयो । शैक्षिक सामाग्री पाउनेहरुमा प्रतिमा लिम्बू, चेतन मगर, हिमाल खड्का, अमर विश्वकर्मा…

Leave a Reply