हामी सबै कवि कलाकार हौँ, हामी सबै समन पनि। फरक कोही हल्का कोही गाढा। यस लेखमा समनप्रथा र काव्यपरम्परमा पाइने रूपक-अलंकारका साझा र अलग कार्यक्षेत्रको पहिचान गरिएको छ। साथै अद्वितीय दृष्टिकोणहरू लेखमा साक्षात्कार हुनेछन्।
उदाहरणाका लागि यहीँ सञ्जाल पसौँ र हेरौँ। आजकल सामाजिक सञ्जालमा कोही दिवंगत भएमा उसको फोटो हेरेर हामी सिधै जीवित मानिसलाई झैँ सम्बोधन गर्दछौँ। हे फलाना तिमी कति चाँडै गयौ, तिमी यस्ता थियौ उस्ता थियौ आदि आदि आलाप गरिन्छ।
के उसले त्यो हाम्रो भनाइ सुन्ला? अरूलाई त सुनाएको पनि होइन। हामी किन तस्वीर देखेर बोल्छौँ भने हामी उसको आत्मासित बोलिरहेछौँ। सजिलो गरी भन्नुपर्दा, यस कृयाले मृतकको भन्दा पनि उसको आफ्नै मन विसेक (समन) हुन्छ।
के यसरी हामी सबैसित सँधै बोल्छौँ त? हैन भावविव्हल भएका बेलामा मात्र त्यसरी बोल्दछौ। जुनबेला त्यो निर्जीव कागज वा मोबाइल स्क्रीनलाई हामी सजीव ठान्नपुग्दछौँ। यो काम कवि कलाकार वा समनले कल्पनामा पनि गर्न सक्दछन्। जसलाई हामी गीत, कविता आदि भन्दछौँ।
निर्जीव वस्तुभित्र वा प्रकृतिमा पनि जीवतत्व वा जीवन छ भन्ठान्नु जीववाद (एनिमिजम्) हो। यो जीववादले सबै वस्तुमा आत्मा हुन्छन् भन्ठान्छ जसलाई हामी आत्मावाद (समनिज्म) भन्दछौँ।
मानवशास्त्रमा रूपक
जब हाम्रा पूर्वज शिकारीले कुनै मृग मारेर भुइँमा पछार्यो तब मृगका आँखा खुला थिए। ती आँखाले केही भनिरहेझैँ उसलाई लाग्यो। उसको मन पग्लियो। मैले कसैको जोडी बिछोड गराएर नकाम पो गरेँ कि भन्ठान्यो। त्यसैले त्यो कुण्ठा वा पापको बोझ ईश्वरलाई भोग चढाएर उसले मन शान्त (समन) पारेर उसले आफ्नो भोको पेट शान्त बनायो।
मानव समुदायमा शिकारी युगदेखि नै समनप्रथाको विकास भयो। यो काम सबैले क्रमसः बुझ्दैगए। समनले आफ्ना मनोभावलाई सिधै नभनेर रूपक वा अतिशयोक्तिद्वारा गीत गाउन थाले। यसले कालान्तरमा संस्कृति र धर्मको रूप लियो। आदिवासी परम्परा यही दर्शनमा बगेको छ।
यसरी कला वा रचनाले पाठक वा दर्शकका मात्र मन शान्त हुँदैनन्। यस क्रियामा स्वयम् कवि वा कलाकारको पनि मन शान्त हुन्छ। यसैले आज विश्वमा रूपक वा अतिशयोक्ति प्रयोग गरेर काव्य रचना गरेर साधक र दर्शक दुवैले आत्मावलोकन, आत्मासमीक्षा र आत्मसमन गरेका छन्। अर्थात् रूपक वा मेटाफोरबाट मानिसमा उत्पन्न विमार उपचार गरिन्छन्।
समन र कविहरूले रूपक अत्यधिक मात्रामा प्रयोग गर्दछन्। अतिशयोक्ति मानिने रूपक किन र कसरी प्रयोग गरिन्छन् त्यसको विवेचना लेखमा पाइन्छ। माध्यमिक स्रोतहरूबाट विषयसँग सम्बन्धित शैक्षिक सामग्रीहरूको संकलन, परीक्षण र विवेचना प्रस्तुत लेखमा छन्।
समन परम्परा र काव्य परम्परामा रूपक उद्देश्यमूलक ढंगले प्रयोग भएका छन्। अध्ययन भन्छ, रूपकको प्रयोग स्वास्थ्य उपचार र व्यक्तिगत रूपान्तरणमा पनि भएका छन्। दुवै परम्परा र अभ्यासहरूले भावनात्मक गहिराइहरू छुन्छन्। कुनै भाव व्यक्त गर्न चुनौतीपूर्ण अनुभवहरूको यात्राका रूपमा रूपक प्रकट हुन्छन्। रुपकले व्यक्तिगत र सामूहिक कल्याणलाई बढावा दिन्छ।
उपचार
गीत, कविता, कथामा प्रयुक्त रूपक वा अतिशयोक्तिद्वारा मानिसको उपचार गरिन्छ भनेको सुन्दा धेरैलाई आश्चर्य लाग्ला। मानवशास्त्र, मनोविज्ञान र संस्कृति अध्ययनबाट थाहा हुन्छ कि रूपकको प्रयोग सर्वप्रथम समनद्वारा गरियो। जब मानिसले प्रकृतिमा शक्ति देखे त्यहाँ आत्माको झल्को मानिसले पाए।
सबै जीवमा आत्मा रहेको ज्ञान मानिसले सिकारी युगमा नै पाएका थिए। त्यसैबेलादेखि कोही ज्ञानी मानिस अघि सरेर अलौकिक वस्तु वा आत्मा वा देवत्व बुझाउन अनेक रूपक वा अतिशोक्ति शब्दले जनसाधारणलाई सम्झाउन थाले।
मानिसहरू ज्ञानसामू झुक्न पुगे र उनलाई अगुवा वा दुःख पर्दा बाटो देखाउने समनकर्ता वा समनका रूपमा चिन्न थाले। यो परम्परा आदिवासी संस्कृति वा परम्परासित गाँसिएको देख्नसकिन्छ।
कालान्तरमा कोही समन राजगुरू भए, चिकित्सक भए, पुजारीभए, कोही कवि भए। उनीहरूले ज्ञानद्वारा तत्कालीन सम्राट, राजा, सामन्तलाई प्रभावित तुल्याए। उनीहरूले नै साहित्यको पनि रचना गरे। कालान्तरमा उनीहरूको स्तरीकरण हुँदै कोही परम्परागत शैलीमानै समन रहे भने कोही शिक्षाधारी कवि गीतकार वा कलाकार बने।
रूपकको प्रयोग गरेर उनीहरूले आ-आफ्नो क्षेत्रमा प्रभाव जमाए।
समानता र भिन्नता
कवि र समनबीच समानता र भिन्नता छन्। उनीहरूको प्रस्तुतीमा प्रयुक्त रूपक वा अतिशयोक्तिद्वारा कुनै व्यक्ति वा समाजमाथि प्रभाव पर्दछ। नेपाली भाषामा समन जनाउने कुनै समर्पित शब्द वा संज्ञा छैन। त्यो फलाना नभनेर तिलाना जस्तै वा समानार्थी साथी वा ढिस्कानाको नातेदार भनेजस्ता शब्द मात्र समन संज्ञा उपर प्रयुक्त छन्। नेपाली भाषा तुलनात्मक रूपमा कान्छो भाषा भएकाले समनप्रति नेपाली भाषाको दृष्टिकोण संकुचित छ। त्यसैले अंग्रेजी वा संस्कृतमा समन भन्नाले जुन गहिराइ बुझिन्छ त्यो नेपाली शब्दमा पाइँदैन। शब्द नै पूर्वाग्राही भएकाले यसले नेपाली पाठकमा सोही अनुसारको भाव उत्पन्न भएको पाइन्छ। यसैले समनबारे पृष्ठभूमिसहित अलिकति चर्चा गरौँ।
समनको अर्थ हुन्छ दुःख, पीर, रोग शान्त पारिदिने व्यक्ति। यस शब्दले भगवानको दूत, उपचारक वा डाक्टर पनि जनाउँछ। परम्परागत रूपमा शिकारी युगदेखि नै मानव जातिलाई सेवा गर्दै आएको समनलाई भाषाशास्त्रले विभिन्न सांस्कृतिक पृष्ठभूमिसहित भावपूर्ण आत्मिक संज्ञा र संकेत गरेको पाइन्छ। पश्चिमेली कविहरूले समनलाई डाक्टर भनेर सम्बोधन गरेका छन्। यता नेपालमा झारफुके भनेर पिछडिएको वर्गका पात्र वा विम्बका रूपमा चित्रित गरेको वा बुझाइ छ। अंग्रेजीमा समन शब्दको अर्थ दुःखनिवारक, प्राकृतिक नेता, दृष्टि भएको जान्ने मानिस, आफ्नै मानिस आदि बुझाउँछ। संस्कृत भाषामा पनि दुःख बिमार शान्त पारिदिने, मनलाई शान्त पारिदिने मानिस भनेर गहन अर्थ लगाइएको छ।।किरात लिम्बू भाषामा समन शब्दको सा वर्णले सन्तान र मन वर्णले मना वा मुना वा आदिपुरूष जनाउँछ। भाषातत्वले समन किरातबीच पैत्रिक वा परम्परागत सम्बन्ध रहेको संकेत दिन्छ। किरात लिम्बू भाषामा समनलाई साम्बा, फेदाङ आदि भन्ने चलन छ।
जेहोस्, आदिवासी परम्परामा समनलाई पुर्खाले मानिल्याएको चलाइल्याएको पूर्वज मानिन्छ। त्यसैले समन विश्वमा आदिवासीका संस्कृतिक र पारम्परिक नायक हुन्। उसको सत्तामाथि कसैले धावा बोल्न सक्दैन। नेपाली खस भाषा शब्दाभण्डारमा समनको लागि कुनै एक समर्पित संज्ञा नभएर अरू कुनै आगन्तुक संज्ञा, विशेषणले चिनाइएको पाइन्छ। त्यसैले नेपाली खस भाषामा समनका अनेकार्थी संज्ञा पाइन्छन्। समनलाई नेपाली भाषामा कसैले पुजारी, धर्माधिकारी, सरदार, ओझा, धामी, झारफुके, जादुगर आदि संज्ञाले पुकार्दछन्। त्यसैले समनको ठ्याक्कै भावानुवाद नेपाली शब्दभण्डारमा पाइँदैन।
वस्तुगत रूपमा समन भनेका भलाद्मी जीववादी, आत्मावादी ज्ञानीजन हुन्। यिनी प्रकृति र आत्मालाई चिन्दछन्, जान्दछन्। आफूले जानेको ज्ञान वा सूचना सर्वसाधरणलाई बुझाउन भाषामा रूपक वा अत्योक्ति प्रयोग गर्दछन्। यिनीहरू आत्मा वा भगवानका नजिकका पात्र भएकाले समाजले उनीहरूलाई सम्मान गर्दछ। मानव सभ्यतामा नचुडिइकन हालसम्म समन स्थापित रहनुको एक प्रमुख कारण यिनीहरू निस्वार्थ रूपमा समाजसेवा गर्ने गर्दछन्।
नेपाली भाषा र साहित्यले कवि र कवितालाई चिन्दछ, खोज्दछ तर समनलाई भने चिन्दैन र खोज्दैन पनि। समनको कला वा गला सिकेर कवि वा गीतकारले सिर्जना गर्दछन्। उनीहरूले सिर्जना र श्रेष्ठताको पहाड ठडाए होलान् तर अलि माथि अग्ला हिमाललाई नदेखेझैँ नचिनेझैँ गरेका छन्। फलस्वरूप आजसम्म नेपाली साहित्यमा समन दर्शनबारे अध्ययन र चर्चा गरेको पाइँदैन। ज्ञानको यो खाडलले हाम्रो साहित्य अध्ययन र सिर्जना अपूर्ण छ। मेरो अध्ययनको पाटो यही हो।
नेपाली खस भाषामा समन
नेपाली भाषा र साहित्यले कवि र कवितालाई चिन्दछ खोज्दछ तर समनलाई भने चिन्दैन र खोज्दैन पनि। समनको कला वा गला सिकेर कवि वा गीतकारले सिर्जना गर्दछन्। उनीहरूले सिर्जना र श्रेष्ठताको पहाड ठडाए होलान् तर अलि माथि अग्ला हिमाललाई नदेखेझैँ नचिनेझैँ गरेका छन्।
फलस्वरूप आजसम्म नेपाली साहित्यमा समन दर्शनबारे अध्ययन र चर्चा गरेको पाइँदैन। ज्ञानको यो खाडलले हाम्रो साहित्य अध्ययन र सिर्जना अपूर्ण छ। मेरो अध्ययनको पाटो यही हो।
समन दर्शन वा ज्ञानलाई एक अन्धविश्वाव वा पिछडिएका जातिका झारपात परम्परा भनेर आधुनिक साहित्यले अध्ययनको घेराबाहिर राखिदिएको छ। तर विश्व साहित्यमा विलियम वर्डवर्थ, रबर्ट फ्रष्ट, खलिल जिब्रान, निराला, गुल्जारका कविता हेर्ने हो भने देवकोटा, पारिजातको साहित्य पढ्ने हो भने उनीहरूका रचनामा प्रसस्त मात्रामा समनको शैली र दृष्टिकोणयुक्त रूपक (अत्योक्ति) पाइन्छन्।
जसरी समनले गाउँ समाजमा परम्परागत सांस्कृतिक रूपकद्वारा अशिक्षित समुदायलाई मनका पीरमर्का हटाउन, दुःख बिमार दूर गर्न, मन शान्त पार्न प्रायः गीत गाएर, कहिले नाचेर समन कर्म गर्ने गर्दछन्। आधुनिक युगमा कवि, कलाकारले भिन्न स्वरूपमा कविता वा गीतमा रूपक वा अत्योक्तिद्वारा शिक्षित मनहरूका तनाव कम पारिदिन्छन्।
उपचार प्रकृया
विश्वमा गीतवाचन, कवितावाचन, कथावाचन गरेर मनशान्ति वा तनावशान्त गर्ने परम्परा सबै सभ्यता, जाति र समुदायमा पाइन्छन्। फरक यति हो कोही देवताको नाममा कृया गर्दछन् भने कोही कलाकारिताको नाममा मञ्चमा गाउँछन् वा नाच्छन्।
कोही पैसा र ख्यातिका लागि कर्म गर्छन् त कोही निस्वार्थ सेवा गर्दछन्। यद्यपि समन र काव्य कार्यभ्यासले गरिदिने भनेको मन शान्ति वा समन नै हो।
विभिन्न कविताका शैलीद्वारा स्वयम् सर्जकको तनाव, चिन्ता, डिप्रेसन जस्ता मानसिक विकार वा विमार शान्त पारिन्छन्। यसबारेमा विश्वमा प्रयोग र अध्ययन अनुसन्धान भएका छन्।
यसका केही दृष्टान्त समावेश गरी विश्लेषण गरिएको यस लेखले सिर्जनशीलताको मनोवैज्ञानिक पक्षबारे जानकारी दिनेछ। पृष्ठभूमि फरक परे तापनि समन र कविले रूपक प्रयोग गर्ने शैली र त्यसप्रति उनीहरूको दृष्टिकोणबीच समानता छन्।
Dr. Nawa Raj Subba is a public health specialist who has more than three and a half decades of experience working in public healthcare management at the Ministry of Health and Population in Nepal. In the spirit of public-private partnerships to expand access to health care in rural communities in Eastern Nepal, he played a vital role in leading operational research. He has also independently researched public health and intercultural psychology in Nepal. He published his works in books and journals. Nepali literature, culture, and music recognized him as an author. He has written artistic and cultural texts and CDs. His work has been acknowledged and appreciated by civil society, the government of Nepal, and abroad. He is now involved in Public Health and Intercultural Psychology studies in Nepal.
डा. नवराज सुब्बा
परिचय

Dr. Nawa Raj