भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे ।

महाकाव्यकार सोमराज अभयको सभापतित्व तथा साहित्यकार नवराज सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न साहित्य गोष्ठीमा दुइ दर्जन स्रष्टाहरूले आ-आफ्ना रचना सुनाए । प्रस्तुत रचनामाथि समालोचक तथा प्राज्ञ अनिरुद्र तिम्सिनाले संक्षिप्त समीक्षा गर्नुभयो । गोष्ठीको सञ्चालन कवि शुभलक्ष्मी लम्सालले गर्नुभएको थियो ।

नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)
Viral fever grips Biratnagar

Leave a Comment