सुस्केरा

(एक)
वहाँको बोलीको कुनै ठेगान भएन
बन्दूक र गोलीको पनि ठेगान भएन
घरिघरि म्याद थपेको देख्दा, संविधान
आउने भोलिको पनि ठेगान भएन ।

(दुई)
घरमा आगोको सारै भर थिएन
अब पानीको पनि कुनै भर भएन
झर्ला र खाउँला भन्दाभन्दै, संविधान
कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।

Similar Posts

  • समय

    (एक) समयको तालसँगै कति ताला लागे लागे कारखानामा ताला लागे कार्यालयमा लागे बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे । (दुइ) पाक्न पाक्न लागेको फल टिपेर पिसेर खाए राम्ररी पाक्न दिएनन् अधकल्चै झारेर खाए यसपालि अनिकालले पो मरिन्छ कि गाँठे ! बीऊ नै नराखी इमानको बोटै उखेलेर खाए…

  • यो के भो !

    कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ? जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।

  • डष्टबिन

    झुत्रे झोला नभए यी मनका कुरा म कहाँ राख्थे हुँला थोत्रे बाकस नभए यत्तिका बात कता थन्क्याउँथे हुँला कहाँ सकिंदा रहेछन् भावना मात्र पोखिएर कवितामा सोच्दछु डष्टबिन नभए यतिधेरै कुरा कहाँ फाल्थें हुँला । — जेठ ३२ गते २०६९ विराटनगर नेपाल ।

  • मन

    यो झरी र त्यो प्रेम उस्तै उस्तै रहेछ त्यो बैंश र यो मौसम जस्तै रहेछ आँखा चिम्लेर पोखिन्छ जब आकास मन भत्केपछि मान्छे पागलै हुने रहेछ ।

Leave a Reply