समता साहित्य प्रतिष्ठानको स्थापना

<
फागुन ११, २०७४ विराटनगर ।
ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति गठन गरिएको छ । हालै विराटनगरमा एक समारोहमा प्राज्ञ खेम नेपाली, समता साहित्य परिवारका देबी पन्थी र अध्यक्ष सुब्बाले संयुक्त रुपमा प्रतिष्ठानको समुद्घाटन गरे ।
समारोहमा विराट साहित्य संगमका बलराम पोखरेल, हिडपा साहित्य परिवारका श्याम अधिकारी, भानु कला केन्द्रकी माया पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका रामबाबु दाहाल, अन्तर्राष्ट्रिय जनलेखक संघ नेपालका मधु पोखरेल, गुभाजु प्रतिष्ठानका मानबहादुर बज्राचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बहुभाषा कविगोष्ठीको पनि आयोजना गरियो । मातृभाषा मैथिली, थारु, राई, लिम्बू, हिन्दी, संस्कृत र नेपाली भाषामा कवितावाचन गरिएको थियो । कविहरु मधु पोखरेल, सरिता तुलाधर, पूजा गुप्ता, राजेश झा, कुमार प्रमोद, गायत्रीप्रसाद चापागाई, वशिष्ठ नेपाल, पुलिस विश्वास, चन्द्र कार्की, अर्जुनप्रसाद गुप्ताले आ–आफ्ना रचना सुनाए ।
प्रतिष्ठानले बहुभाषा कवि गोष्ठीको आयोजना गर्ने, नेपालमा बोलिने मातृभाषा साहित्य, संस्कृतिसम्बन्धी अनुसन्धानमूलक जर्नल प्रकाशित गर्नेछ । मातृभाषी स्रष्टा तथा विद्वानहरुलाई प्रतिष्ठानले सम्मान गर्ने पनि जनाएको छ । मातृभाषाको पाठ्यक्रम निर्माण तथा विकास गर्ने कार्यमा सहयोग गर्ने प्रतिष्ठानको लक्ष्य रहेकोछ ।

Similar Posts

  • विराटनगरका साहित्यकारले सम्झिए आदिकवि भानुभक्तलाई (News)

    विराटनगर : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा बुधबार विराटनगरका साहित्यकारहरुले उनको संझनामा कविता प्रतियोगिता आयोजना रेका छन्। २ सय ४ वर्षअघि असार २९ गते तनहुँको चुँदी रम्घामा भानुभक्तको जन्म भएको थियो। आदिकविको जन्मजयन्तीको अवसरमा भानु कला केन्द्र र भानु–मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कविता प्रतियोगितामा सहभागी साहित्यकारहरुले भानुभक्त आचार्यसँग सम्बन्धित सिर्जना वाचन गरे।…

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • धन्यवाद विराटनगर !

    असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

  • फेसबुकबाट पुस्तक बिमोचन

    सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…

  • हामी पहिले नेपाली लोकार्पण

    कार्तिक १९, २०६९ काठमाडौं । कुलपति बैरागी काइँलाले “हामी पहिले नेपाली” गीति एल्बम विमोचन गर्नु भएको छ । एल्मबमा नवराज सुब्बाको शब्द, शक्ति बल्लभ संगीत तथा सुमित खड्काको  आवाज रहेको छ ।

  • गीति एलवम “देशको माया”

    भाद्र २०६६, काठमाडौ, गीतकार नवराज सुब्बाद्वारा रचित देशभक्तिपूर्ण गीतहरुको गीति एलवम "देशको माया" रेडियो कान्तिपुरबाट प्रत्यक्षरुपमा समारोह मार्फत सार्वजनिकीकरण भयो ।