सहिदलाई सलाम

सहिदलाई सलाम- गीतसंग्रह
गीतकार- नवराज सुब्बा
प्रकाशित मिति २०६६ साल- साझा प्रकाशन ।

गीतकार नवराज सुब्बाले यसअघि प्रकाशित कवितासंग्रहमा गीत पनि प्रकाशित गरेका थिए । यो उनको पहिलो एकल गीतसंग्रह हो । उनको यस गीतसंग्रह पुस्तकभित्र देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्यगीत, आधुनिक समेत ५८ गीतहरू संग्रहित छन् । साझा प्रकाशनले २०६६ सालमा प्रकाशित गरेको प्रस्तुत गीतसंग्रहमा वरिष्ठ संगीतकार गणेश रसिकले भूमिका लेख्नु भएको छ । रसिक लेख्नुहुन्छ, समग्रमा भन्नुपर्दा उनको गीतमा ताल छ, लय छ, लोकजीवन, लोकभाका र गाउँघरमा जन्मेको स्पष्ट परिचय छ । यस्ता गाउँले परिवेशलाई टपक्क टिप्ने गीतकार नवराज सुब्बा स्वयम् राम्रा गायक र सङ्गीतकार पनि हुन् । तर गीतकार, सङ्गीतकार र गायक नवराज सुब्बाले गीत गाउन र सङ्गीत गर्न किन छोडे, मभित्र एउटा प्रश्न उठिरहेको छ । हुनसक्छ यो प्रश्नको जवाफ मलाई मात्र होइन उहाँको गायकीलाई सुन्ने आम स्रोताहरूलाई पनि दिनुपर्ने हुन्छ । नवराज सुब्बा गीतकार मात्र होइनन् । बहुमुखी प्रतिभाका धनी हुन् ।

Nepali Version Preview/Download

Similar Posts

  • |

    निरोगी चालचलन

    डा. नवराज सुब्बा परिचय ‘निरोगी चालचलन’ प्रतिरक्षा स्वास्थ्यबारे जानकारी दिने पुस्तक हो।यसले रोगबाट जोगाउने रोकथाम उपायहरू प्रस्तुत गर्दछ।पुस्तक जीवनशैली सुधारमा विशेष जोड दिन्छ।गलत जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न प्रेरित गर्छ।यसमा वैज्ञानिक प्रमाणहरूको उपयोग गरिएको छ। एकीकृत रणनीतिहरू प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।पुस्तकले संक्रामक रोगको जोखिम कम गर्न सहयोग गर्छ।स्वास्थ्यकर जीवनशैली अपनाउन पाठकलाई प्रेरणा दिन्छ। तन्दुरुस्ती चाहनेका लागि…

  • Sām-Ūpmā Mundhum Philosophy

    eBook साम उ:प्मा मुन्धुम: आत्मा, उपचार र उपनिवेशविरोधी चिन्तनको एक आदिवासी दर्शन “साम–उप्मा मुन्धुम दर्शन” हाम्रो लागि समय सान्दर्भिक र अति आवश्यक आवाज हो, जसले किरात लिम्बू संस्कृतिको पवित्र माटोमा गढिएको आदिवासी ज्ञानलाई पुनःस्थापना र पुनर्जीवन दिने प्रयास गर्छ। यो डा. नवराज सुब्बा—एक अनुसन्धानकर्ता, कवि र सांस्कृतिक दार्शनिक—द्वारा प्रस्तुत गरिएको बौद्धिक तथा आध्यात्मिक आव्हान हो।यस…

  • |

    जनस्वास्थ्य अभ्यास र अनुभव

    ‘Janaswasthya Abhyas Ra Anubhav’ ‘जनस्वास्थ्य अभ्यास र अनुभव’  (2074) by Dr. Nawa Raj Subba. The book comprises of twenty articles written in different public health issues and problems of district and national level in Nepal. This book is written on public health activities based on research and experience of the author. लेखकले जिल्ला जनस्वास्थ्य कार्यालय…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…

  • | |

    यात्रा-आधा-शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रहलेखक- नवराज सुब्बाप्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । Introduction to the Anthology: Yatra Adha Satabdiko The anthology Yatra Adha Satabdiko by poet Nawa Raj Subba marks a…

Leave a Reply