सहिदलाई सलाम

सहिदलाई सलाम- गीतसंग्रह
गीतकार- नवराज सुब्बा
प्रकाशित मिति २०६६ साल- साझा प्रकाशन ।

गीतकार नवराज सुब्बाले यसअघि प्रकाशित कवितासंग्रहमा गीत पनि प्रकाशित गरेका थिए । यो उनको पहिलो एकल गीतसंग्रह हो । उनको यस गीतसंग्रह पुस्तकभित्र देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्यगीत, आधुनिक समेत ५८ गीतहरू संग्रहित छन् । साझा प्रकाशनले २०६६ सालमा प्रकाशित गरेको प्रस्तुत गीतसंग्रहमा वरिष्ठ संगीतकार गणेश रसिकले भूमिका लेख्नु भएको छ । रसिक लेख्नुहुन्छ, समग्रमा भन्नुपर्दा उनको गीतमा ताल छ, लय छ, लोकजीवन, लोकभाका र गाउँघरमा जन्मेको स्पष्ट परिचय छ । यस्ता गाउँले परिवेशलाई टपक्क टिप्ने गीतकार नवराज सुब्बा स्वयम् राम्रा गायक र सङ्गीतकार पनि हुन् । तर गीतकार, सङ्गीतकार र गायक नवराज सुब्बाले गीत गाउन र सङ्गीत गर्न किन छोडे, मभित्र एउटा प्रश्न उठिरहेको छ । हुनसक्छ यो प्रश्नको जवाफ मलाई मात्र होइन उहाँको गायकीलाई सुन्ने आम स्रोताहरूलाई पनि दिनुपर्ने हुन्छ । नवराज सुब्बा गीतकार मात्र होइनन् । बहुमुखी प्रतिभाका धनी हुन् ।

Nepali Version Preview/Download

Similar Posts

  • | |

    जीवन-मेरो-शब्दकोशमा

    कविता संग्रह “जीवन मेरो शब्दकोशमा” बरिष्ठ कवि बैरागी काइँलाको टिप्पणी नवराज लिम्बू सुब्बाको कवितासंग्रह “जीवन मेरो शब्दकोशमा” को पाण्डुलिपि पढ्ने अवसर पाएँ। यो संग्रहमा वि.सं. २०३५ देखि २०६२ सम्म लेखिएका ४७ कविता समेटिएका छन्। सबैभन्दा पहिले, कवि जागिरे जीवन बिताउँदै विभिन्न ठाउँमा पुग्थे। यस क्रममा उनले ठाउँ र परिस्थितिका प्रभावबाट प्रेरित भएर कविता लेखेका छन्।…

  • जनस्वास्थ्य: पाटा बाटा र अनुभूति

    जनस्वास्थ्य: पाटा बाटा र अनुभूति जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह लेखक नवराज सुब्बा प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर । यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु…

  • ‘मन र माटो’

    ‘मन र माटो’ विधा: गीत गजल लेखकः डा. नवराज सुब्बा, प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर सालः २०७३ (2016) प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना…

  • चीत्कार

    चीत्कार- मुक्तकसंग्रह लेखक -नवराज सुब्बा प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा…

Leave a Reply