|

Sagar Bhanda Gahiro

६. सागरभन्दा गहिरो

सागरभन्दा गहिरो
भयो हाम्रो माया
सगर भई फैलियो
चोखो हाम्रो माया ।

फूलमा बसी झुल्दछु
जून जस्तै हाँस्दछ
बग्दै जान्छ खोला भई
दोभान पुगी मिल्दछ ।

दोमन हुन्छ कहिले
बाटो भुलेझैं लाग्दछ
बिर्सिन्छु म आफैलाई
हराएँझैं लाग्दछ ।
(गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन)

Similar Posts

  • |

    Deoralima Barpipal

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति…

  • |

    Jali Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले…

  • |

    Aruko Lakha Aamako Kakha

    (५) आमाको गीत अरुको लाख आमाको काख कसरी खोसियोे जलेझैं भयो मनमा आगो कसरी झोसियो । यो मनमै बस नबस बनमा न काँढामा फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा । मलाई यो के भो आमाको मन बुझ्न सकिन उनको पीरको थाप्लोको नाम्लो बोक्न सकिन । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का,…

  • |

    Yo Jyanko Maya

    ८ यो ज्यानको माया के माया यो ज्यानको माया के मायाजन्मेको भूमि ठूलो रैछहिमाली छाया देशको मायापरन्तुसम्म लाग्दो रैछ । तम्बरैखोला बाढी आयोमाटोको माया उर्ली आयोपरदेशै आए पुलै तरीगाउँघरको मायाँ गाठै पारी । यो मनले आज सम्झिल्याउदाकर्मैले ल्यायो विदेशैमालुङ्ङाज्यू पालाम सम्झिल्याउँदाफर्कि म आउला स्वदेशैमा । (शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) 

  • |

    Yo Deshma Bachne Man Cha

    ६ यो देशमा बाँच्र्‍ने मन छ यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)

  • |

    Bahar Sanga

    ६ हाम्रो मोरङ पौराणिक, ऐतिहासिक, राजनीतिक संगमआधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङचेतनाको बीऊ छर्छ कृषिभूमि मोरङहाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ । धनपालगढी, गोग्राहा, रानी, बुधनगरविराट गौरव समेट्छ यो विराटनगरराजारानी पोखरी जेफालेडाँडा मनोरमबेतना, हसिना सिमसार, रंगेली, मोरङ । सबै जाति मिलेर बनेको हाम्रो फुलबारीछाती यसको चौडा छ अवसर बराबरीआर्य, कोच, किरात इतिहास बोक्छ मैदानगौरवपूर्ण यो नाता…