स्तनपानका १०१ फाइदाहरू (नवराज सुब्बा)

आमाको दूध बच्चालाई खुवाउन कुनै बैज्ञानिक परीक्षण गरिरहनु पर्दैन बैज्ञानिक परीक्षण गरेर आमाले बच्चालाई दूध खुवाउन थालेको पनि होइन तापनि आमाको दूधका फाइदाका बारेमा प्रसस्तै बैज्ञानिक अध्ययन अनुसन्धान हुने गरेका छन् स्तनपान शिशुका लागि मात्र नभएर स्वयम् आमाका लागि पनि अति नै उपयोगी छन् अगस्ट पहिलो हप्तालाई विश्वभर स्तनपान सप्ताहका रुपमा मनाइयो स्तनपानका फाइदाका बारेमा विश्वभर चर्चापरिचर्चा गरियो स्तनपानका फाइदाहरू यस प्रकार छन् आमाको दूध बच्चाको लागि अमृत समान हो यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ आमाको दूध शिशुको लागि सर्वोत्तम आहार हो आमाको पहेंलो बिगौति दूध शिशुको लागि पहिलो खोप हो यसले बिभिन्न रोगबाट बचाउँछ स्तनपानले बच्चाको शारीरिक मानसिक बिकास राम्ररी गराउँछ बच्चालाई स्तनपान गराउँदा गर्भान्तरमा मद्दत पुग्दछ यसले आमाको स्तन क्यान्सर हुने दर कम गराउँछ शिशु अवस्थामा आमाको दूध नखाएको छोरीलाई स्तन क्यान्सर हुने सम्भावना बढि रहन्छ बच्चा जन्माउन साथ दूध चुसाएमा आमाको पाठेघर सामान्य अवस्थामा र्फकन मद्दत पुग्दछ आमाको दूध खाने बच्चाको आई.क्यू.स्तर बढि हुन्छ यसैगरि अन्य फाइदाहरुमा, आमाको दूध जतिसुकै बेला बिना झन्झट खुवाउन सकिन्छ स्तनपान गराएमा बच्चाको म्यूकोनियम अर्थात गर्भावस्थाको आन्द्रे दिशा निस्कन सहयोग पुग्दछ यसले आमाको डिम्बाशयको क्यान्सर कम गर्दछ आमाको अनावश्यक तौल हुनबाट रोक्दछ आन्द्राको रोग क्रोन्स रोगबाट बचाउँछ बोतलको दूध खाने बच्चालाई भविश्यमा मधुमेह रोग हुन संभावना बढि हुन्छ स्तनपान गराउने मधुमेह लागेकी महिलाले कम इन्सुलिन लिए पुग्छ स्तनपान गराउँदा महिलालाईर् इण्डोमेटि्रयोसिस रोगबाट बचाउँछ बच्चाले आमाको दूध चुस्न थाले पछि आमाको रक्तश्राव कम हुन्छ आमाको दूध भन्दा अन्य दूध पिउने बच्चालाई एलर्जी हुने सम्भावना बढि हुन्छ आमाको दूधले दम रोग लाग्ने दर कम गराउँछ स्तनपानले झाडापखालाबाट बचाउँछ फर्मूला दूधको प्रयोगले कानको संक्रमण दर बढाउँछ फर्मूला दूधले सिड्स रोग दर बढाउँछ स्तनपानले बच्चालाई ब्याक्टेरियल मेनिन्जाईटिजबाट बचाउँछ स्तनपानले बच्चाको श्वासप्रस्वास रोग दर कम गर्छ फर्मूला दूधले बच्चालाई क्यान्सर रोग लाग्ने दर बढाउँछ आमाको दूधले बच्चामा बात रोग लाग्ने दर कम गराउँछ यसले बच्चालाई हड्जकिन्स रोगबाट बचाउँछ यसले बच्चाको केहि दृष्टिदोषबाट बचाउँछ यसले अस्टियोपोरोसिस रोगबाट बचाउँछ यसले आन्द्राको बिकास गर्न सहयोग गर्दछ गाईको दूध बच्चाको आन्द्रा अनुकूल नहुन सक्छ फर्मूला दूध खाएका बच्चाहरू भविश्यमा बढि मोटा हुने सम्भावना हुन्छ बोतल वा चम्चाबाट खुवाउँदा बच्च्ाालाइ निल्न सकस पर्दछ स्तनपान गर्ने बच्चामा आन्द्रा सम्बन्धी रोग अल्सरेटिभ कोलाईटिस कम हुन्छ आमाको दूधले हेमोफिलस बी ब्याक्टेरियाबाट जोगाउँछ स्तनपान गर्ने महिलाले शल्यक्रिया पछि भोको बस्नु पर्ने अवधि कम गरे हुन्छ स्तनपान गराउने आमाबूबाले स्तनपान नगराउने आमाबूबा भन्दा कम बिरामी छुट्टी लिन्छन् स्तनपानले खोपको प्रभावकारिता पनि बढाउँछ स्तनपानले बच्चामार् इण्टेरोकोलाईटिस लाग्ने दर कम गराउँछ बोतलको दूध तयार गर्नु पर्छ तर आमाको दूध स्वत तयार हुन्छ आमाको दूध उचित तापक्रममा हुन्छ स्तनपान गराउँदा रोग संक्रमण भईजाने दर कम हुन्छ आमाको दूध किन्नु पर्दैन फर्मूला दूध तथा अन्य दूध किन्नु पर्दछ जो महङ्गो पनि हुन्छ आमाको दूध खाने बच्चाहरूले उपचारमा कम खर्च लाग्ने गरेको पाइयो आमाको दूधमा बच्चाको लागि आवश्यक कार्बोहाइडे्रट, प्राटिन चिल्लोको उचित मात्रा रहन्छ आमाको दूध बच्चाको लागि निन्द्रादायक हुन्छ स्तनपान आमाका लागि पनि निन्द्रादायक हुन्छ आमाको दूध बच्चालाई स्वादिलो हुन्छ आमाको दूध समग्रमा स्वास्थ्यदायक हुन्छ आमाको दूध खाने बच्चाको मृत्युदर नखानेको भन्दा कम हुन्छ स्तनपान गराउने महिलाले डाक्टरको लागि समय पैसा खर्च कम गरेको पाइयो स्तनपान गराउने महिलाको घरमा अनावश्यक दूधका सामग्री हुदैनन् स्तनपान गराउदा कुनै बोतल सामग्रीको झंझट पर्दैन रेफ्रीजिरेटरको आवश्यकता पर्दैन स्तनपानले कोलेस्टोरोलको समस्या कम गराउँछ गाईको दूध बाछाको लागि तयार भए झै आमाको दूध बच्चाको लागि हो आमाको दूधले बच्चाको आन्द्राको बिकासमा खास मदत गर्दछ स्तनपानले बच्चाको दर्दनाशकको काम पनि गर्दछ बिरामी शिशुको लागि आमाको दूध पर्ूण्ा आहार हो स्तनपान गराउने महिलालाई राम्ररी निन्द्रा लाग्दछ स्तनपानले रातमा बच्चालाई स्याहार पाउने अवसर दिन्छ स्तनपानले पिताको निन्द्रालाई पनि सकारात्मक असर पर्दछ फर्मूला दूध तयार पार्दा हुने समस्या स्तनपान गर्ने महिलाले बेहोर्नु पर्दैन कुन कम्पनी, कुन दूध राम्रो भनी भौतारिनु पर्दैन दूध तयार गर्दा मिसाउने पानीको चिन्ता स्तनपान गराउने महिलालाई पर्दैन स्तनपान गराउदा बच्चाको पेटको समस्या कम हुन्छ स्तनपानले बच्चाको दाँत गिजाको पनि बिकास गर्न मदत गर्दछ आमाको दूध खाने बच्चाको दाँत बलियो हुन्छ स्तनपान गराउने बच्चाको उपचार खर्च कम लागेको पाइयो स्तनपान गर्ने बच्चामा छिटो बोलीको बिकास हुन्छ आमाको दूध खाएको बच्चामा छालाको रोग एक्जिमा लाग्ने संभावना कम हुन्छ स्तनपान गर्ने बच्चाको छालाको स्वास्थ्य राम्रो हुन्छ स्तनपान गर्ने बच्चामा कम डकार्दछन् आमाको दूध छिटै जन्मेका वा प्रिमेच्यूर बच्चाका लागि उपयोगी हुन्छ आमाको दूध जैविक प्रशोधित बिकारमुक्त हुन्छ आमाको दूधमा कृतिम हर्मोनको मिसावट हुने संभावना हुदैन स्तनपान गर्ने बच्चामा हर्निया हुने दर कम हुन्छ आमाको दूध खान नपाउने बच्चामा स्क्लेरोसिस रोग लाग्ने दर बढि हुन्छ कम तौल भएका बच्चाको लागि आमाको दूध अत्यन्त उपयोगी हुन्छ बच्चाको सामाजिक बिकासमा स्तनपानले सहयोग गर्दछ आमाको दूधले बच्चाको मूत्रप्रणाली संक्रमण कम गर्दछ स्तनपानले बच्चाको हात, आँखाको संयोजन बिकास गर्न मदत गर्दछ बच्चामा रक्तअल्पता हुनबाट स्तनपानले रोक्छ आमाको महिनावारी गडबड हुन कम गर्दछ स्तनपानले आमा बच्चाबीचको भावनात्मक सम्बन्धको विकास गर्दछ आमाको दूधले बच्चाको आँखाको संक्रमण दर कम गराउँछ उच्च रक्तचाप कम गर्दछ संसारमा आमाको दूधको कुनै पनि नक्कल सम्भव छैन अन्य दूध खाने बच्चाको नेप्किन प्रयोग दर बढि हुन्छ स्तनपान गर्ने बच्चाको शरीरको सुगन्धमय हुन्छ स्तनपान गराउँदा बच्चालाई प्राप्त आमाको छातिको उष्णताले चिसोबाट बचाउँछ आमाको दूधलाई विश्व स्वास्थ्य संगठन वालरोग विशेषज्ञको विश्वसंघले पनि पनि सिफरिस गरेका छन्

Similar Posts

  • “Service is the rent we pay for living.” Marion Wright Eddelman

    मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो । विराटनगर उपमहानगरपालिकाका प्रमुख श्री गोपालप्रसाद रेग्मी र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई नगद र प्रशंसापत्र प्रदान गरे । निस्वार्थ, स्वस्फूर्त आउने स्वयंसेवा प्रार्थनीय छ, यस्ता स्वयंसेवकहरुलाई सम्मान…

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

  • प्रसूती सेवा भवन शिलान्यास

    कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ । भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी…

  • |

    Media is an essential part of Leprosy elimination campaign (Nawaraj Subba)

    Background  I was excited when readers of my articles and poems gave me positive feedback that was written on people affected with Leprosy along with stigma and discrimination. It indicated as readers or listeners are eager to know about different social issues as like stigma prevailing in the society.

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

Leave a Reply