आमाको दूध बच्चालाई खुवाउन कुनै बैज्ञानिक परीक्षण गरिरहनु पर्दैन । बैज्ञानिक परीक्षण गरेर आमाले बच्चालाई दूध खुवाउन थालेको पनि होइन । तापनि आमाको दूधका फाइदाका बारेमा प्रसस्तै बैज्ञानिक अध्ययन अनुसन्धान हुने गरेका छन् । स्तनपान शिशुका लागि मात्र नभएर स्वयम् आमाका लागि पनि अति नै उपयोगी छन् । अगस्ट पहिलो हप्तालाई विश्वभर स्तनपान सप्ताहका रुपमा मनाइयो । स्तनपानका फाइदाका बारेमा विश्वभर चर्चा–परिचर्चा गरियो । स्तनपानका फाइदाहरू यस प्रकार छन् । आमाको दूध बच्चाको लागि अमृत समान हो । यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ । आमाको दूध शिशुको लागि सर्वोत्तम आहार हो । आमाको पहेंलो बिगौति दूध शिशुको लागि पहिलो खोप हो । यसले बिभिन्न रोगबाट बचाउँछ । स्तनपानले बच्चाको शारीरिक मानसिक बिकास राम्ररी गराउँछ । बच्चालाई स्तनपान गराउँदा गर्भान्तरमा मद्दत पुग्दछ । यसले आमाको स्तन क्यान्सर हुने दर कम गराउँछ । शिशु अवस्थामा आमाको दूध नखाएको छोरीलाई स्तन क्यान्सर हुने सम्भावना बढि रहन्छ । बच्चा जन्माउन साथ दूध चुसाएमा आमाको पाठेघर सामान्य अवस्थामा र्फकन मद्दत पुग्दछ । आमाको दूध खाने बच्चाको आई.क्यू.स्तर बढि हुन्छ । यसैगरि अन्य फाइदाहरुमा, आमाको दूध जतिसुकै बेला बिना झन्झट खुवाउन सकिन्छ । स्तनपान गराएमा बच्चाको म्यूकोनियम अर्थात गर्भावस्थाको आन्द्रे दिशा निस्कन सहयोग पुग्दछ । यसले आमाको डिम्बाशयको क्यान्सर कम गर्दछ । आमाको अनावश्यक तौल हुनबाट रोक्दछ । आन्द्राको रोग क्रोन्स रोगबाट बचाउँछ । बोतलको दूध खाने बच्चालाई भविश्यमा मधुमेह रोग हुन संभावना बढि हुन्छ । स्तनपान गराउने मधुमेह लागेकी महिलाले कम इन्सुलिन लिए पुग्छ । स्तनपान गराउँदा महिलालाईर् इण्डोमेटि्रयोसिस रोगबाट बचाउँछ । बच्चाले आमाको दूध चुस्न थाले पछि आमाको रक्तश्राव कम हुन्छ । आमाको दूध भन्दा अन्य दूध पिउने बच्चालाई एलर्जी हुने सम्भावना बढि हुन्छ । आमाको दूधले दम रोग लाग्ने दर कम गराउँछ । स्तनपानले झाडापखालाबाट बचाउँछ । फर्मूला दूधको प्रयोगले कानको संक्रमण दर बढाउँछ । फर्मूला दूधले सिड्स रोग दर बढाउँछ । स्तनपानले बच्चालाई ब्याक्टेरियल मेनिन्जाईटिजबाट बचाउँछ । स्तनपानले बच्चाको श्वासप्रस्वास रोग दर कम गर्छ । फर्मूला दूधले बच्चालाई क्यान्सर रोग लाग्ने दर बढाउँछ । आमाको दूधले बच्चामा बात रोग लाग्ने दर कम गराउँछ । यसले बच्चालाई हड्जकिन्स रोगबाट बचाउँछ । यसले बच्चाको केहि दृष्टिदोषबाट बचाउँछ । यसले अस्टियोपोरोसिस रोगबाट बचाउँछ । यसले आन्द्राको बिकास गर्न सहयोग गर्दछ । गाईको दूध बच्चाको आन्द्रा अनुकूल नहुन सक्छ । फर्मूला दूध खाएका बच्चाहरू भविश्यमा बढि मोटा हुने सम्भावना हुन्छ । बोतल वा चम्चाबाट खुवाउँदा बच्च्ाालाइ निल्न सकस पर्दछ । स्तनपान गर्ने बच्चामा आन्द्रा सम्बन्धी रोग अल्सरेटिभ कोलाईटिस कम हुन्छ । आमाको दूधले हेमोफिलस बी ब्याक्टेरियाबाट जोगाउँछ । स्तनपान गर्ने महिलाले शल्यक्रिया पछि भोको बस्नु पर्ने अवधि कम गरे हुन्छ । स्तनपान गराउने आमाबूबाले स्तनपान नगराउने आमाबूबा भन्दा कम बिरामी छुट्टी लिन्छन् । स्तनपानले खोपको प्रभावकारिता पनि बढाउँछ । स्तनपानले बच्चामार् इण्टेरोकोलाईटिस लाग्ने दर कम गराउँछ । बोतलको दूध तयार गर्नु पर्छ तर आमाको दूध स्वत तयार हुन्छ । आमाको दूध उचित तापक्रममा हुन्छ । स्तनपान गराउँदा रोग संक्रमण भईजाने दर कम हुन्छ । आमाको दूध किन्नु पर्दैन । फर्मूला दूध तथा अन्य दूध किन्नु पर्दछ जो महङ्गो पनि हुन्छ । आमाको दूध खाने बच्चाहरूले उपचारमा कम खर्च लाग्ने गरेको पाइयो । आमाको दूधमा बच्चाको लागि आवश्यक कार्बोहाइडे्रट, प्राटिन र चिल्लोको उचित मात्रा रहन्छ । आमाको दूध बच्चाको लागि निन्द्रादायक हुन्छ । स्तनपान आमाका लागि पनि निन्द्रादायक हुन्छ । आमाको दूध बच्चालाई स्वादिलो हुन्छ । आमाको दूध समग्रमा स्वास्थ्यदायक हुन्छ । आमाको दूध खाने बच्चाको मृत्युदर नखानेको भन्दा कम हुन्छ । स्तनपान गराउने महिलाले डाक्टरको लागि समय र पैसा खर्च कम गरेको पाइयो । स्तनपान गराउने महिलाको घरमा अनावश्यक दूधका सामग्री हुदैनन् । स्तनपान गराउदा कुनै बोतल सामग्रीको झंझट पर्दैन । रेफ्रीजिरेटरको आवश्यकता पर्दैन । स्तनपानले कोलेस्टोरोलको समस्या कम गराउँछ । गाईको दूध बाछाको लागि तयार भए झै आमाको दूध बच्चाको लागि हो । आमाको दूधले बच्चाको आन्द्राको बिकासमा खास मदत गर्दछ । स्तनपानले बच्चाको दर्दनाशकको काम पनि गर्दछ । बिरामी शिशुको लागि आमाको दूध पर्ूण्ा आहार हो । स्तनपान गराउने महिलालाई राम्ररी निन्द्रा लाग्दछ । स्तनपानले रातमा बच्चालाई स्याहार पाउने अवसर दिन्छ । स्तनपानले पिताको निन्द्रालाई पनि सकारात्मक असर पर्दछ । फर्मूला दूध तयार पार्दा हुने समस्या स्तनपान गर्ने महिलाले बेहोर्नु पर्दैन । कुन कम्पनी, कुन दूध राम्रो भनी भौतारिनु पर्दैन । दूध तयार गर्दा मिसाउने पानीको चिन्ता स्तनपान गराउने महिलालाई पर्दैन । स्तनपान गराउदा बच्चाको पेटको समस्या कम हुन्छ । स्तनपानले बच्चाको दाँत गिजाको पनि बिकास गर्न मदत गर्दछ । आमाको दूध खाने बच्चाको दाँत बलियो हुन्छ । स्तनपान गराउने बच्चाको उपचार खर्च कम लागेको पाइयो । स्तनपान गर्ने बच्चामा छिटो बोलीको बिकास हुन्छ । आमाको दूध खाएको बच्चामा छालाको रोग एक्जिमा लाग्ने संभावना कम हुन्छ । स्तनपान गर्ने बच्चाको छालाको स्वास्थ्य राम्रो हुन्छ । स्तनपान गर्ने बच्चामा कम डकार्दछन् । आमाको दूध छिटै जन्मेका वा प्रिमेच्यूर बच्चाका लागि उपयोगी हुन्छ । आमाको दूध जैविक प्रशोधित बिकारमुक्त हुन्छ । आमाको दूधमा कृतिम हर्मोनको मिसावट हुने संभावना हुदैन । स्तनपान गर्ने बच्चामा हर्निया हुने दर कम हुन्छ । आमाको दूध खान नपाउने बच्चामा स्क्लेरोसिस रोग लाग्ने दर बढि हुन्छ । कम तौल भएका बच्चाको लागि आमाको दूध अत्यन्त उपयोगी हुन्छ । बच्चाको सामाजिक बिकासमा स्तनपानले सहयोग गर्दछ । आमाको दूधले बच्चाको मूत्रप्रणाली संक्रमण कम गर्दछ । स्तनपानले बच्चाको हात, आँखाको संयोजन र बिकास गर्न मदत गर्दछ । बच्चामा रक्तअल्पता हुनबाट स्तनपानले रोक्छ । आमाको महिनावारी गडबड हुन कम गर्दछ । स्तनपानले आमा र बच्चाबीचको भावनात्मक सम्बन्धको विकास गर्दछ । आमाको दूधले बच्चाको आँखाको संक्रमण दर कम गराउँछ । उच्च रक्तचाप कम गर्दछ । संसारमा आमाको दूधको कुनै पनि नक्कल सम्भव छैन । अन्य दूध खाने बच्चाको नेप्किन प्रयोग दर बढि हुन्छ । स्तनपान गर्ने बच्चाको शरीरको सुगन्धमय हुन्छ । स्तनपान गराउँदा बच्चालाई प्राप्त आमाको छातिको उष्णताले चिसोबाट बचाउँछ । आमाको दूधलाई विश्व स्वास्थ्य संगठन र वालरोग विशेषज्ञको विश्वसंघले पनि पनि सिफरिस गरेका छन् ।

kaushal