स्वास्थ्यमा सकारात्मक नतिजा (नवराज सुब्बा)
लेख
लेख
माघ २९, २०६९ विराटनगर । मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले…
सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार…
डा. नवराज सुब्बा नेपालमा क्षयरोगको अवस्थाबारे विश्व स्वास्थ्य संगठनको संलग्नतामा गरिएको एक अध्ययन (२०१९) को नतिजा हालसालै सार्वजनिक भएको छ । जसअनुसार नेपालमा क्षयरोगको अवस्था र यसको व्यवस्थापन कार्यक्रम नियन्त्रण बाहिर गएको छ । अर्थात् क्षयरोगीको संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ । रोग नियन्त्रणमा राज्यले गरेका प्रयास निस्प्रभावी भएका छन् । यस्तै दुःखद खबर…
१.१ पृष्ठभूमि पूर्वी नेपालको कोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य…
हात्तीपाइले निवारण अभियान अन्तर्गत मोरङ जिल्लामा माघ २१, २२ र २३ गते आमरुपमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भयो । ग्रामीण क्षेत्रमा ७० प्रतिशत र नगरपालिका क्षेत्रमा ३० प्रतिशत लक्षित समूहले औषधी खाएको प्रारम्भिक अनुमान छ । ९ लाख जना मानिसलाई औषधी खुवाउने लक्ष्य राखिएकोमा सो को प्रतिवेदन जिल्लामा प्राप्त हुन २ हप्ता लाग्ने जिल्ला जनस्वास्थ्य…
जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…