२३६ औं पाक्षिक कविगाष्ठी
असोज १, २०६७ । हरेक पाक्षिक शुक्रबार वाणी प्रकाशन विराटनगरमा आयोजना हुने कवि गोष्ठी यसपालि पनि नियमित रुपमा सम्पन्न भयो । साहित्यकार नवराज सुब्बा, गजलकार मधु पोखरेल, कवि सुभलक्ष्मी लम्साल, महाकाव्यकार सोमराज अभय लगायतका डेढ दर्जन स्रष्टाहरूले कविता र गजल सुनाए ।