गुरुकुलमा साहित्यिक भेटघाट

विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ ।
गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता गौतम दाहाल, रीता खत्री, रमेश साउन, लवराज श्रेष्ठ, शुभलक्ष्मी लम्साल, दीपा पोखरेला आदीले कवितावाचन गर्नुभएको थियो ।

यस्ता भेटघाटले साहित्यिक सौहार्दता बढ्ने एउटा साहित्यिक वातावरणको सिर्जना हुने विचार रमा शर्माले राख्नुभएको थियो । साहित्यकार रोचक घिमिरेले कुनै विचार, आग्रह भन्दा साश्वत चेत भएका रचनाहरु कालजयी हुने र त्यस्ता रचनाले पाठकको मन जित्ने धारणा ब्यक्त गर्नुभयो । उक्त अवसरमा कवि तथा प्राज्ञ कृष्णभूषण बल, दधिराज सुबेदी, इन्दिरा शर्मा, भैरव क्षेत्री र विवश पोखरेलले आआफ्नो विचार राख्नुभएको थियो ।

Similar Posts

  • पोखरेलजी नाम जस्तै मधु

    भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।

  • असार १५ डायरी

    धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ…

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • धन्यवाद तथा आभार प्रकट

    करिव ३४ वर्षको सरकारी सेवाबाट विश्राम लिने प्रतिक्षित समय यसपालि आयो । प्रथमतः स्वास्थ्यको कारण (उच्च रक्तचाप, मधुमेह र हाल थपिएको पाइल्स) को कारण आराम लिनु पर्ने, त्यसका अतिरिक्त २०६४ साल माघमा मैले त्रि.वि.वि.मा दर्ता गरेको पि.एच.डि. शोधकार्य यही २०७१ पौषभित्रमा सम्पन्न गरि डिग्री हाँसिल गर्नु पर्ने अनिवार्यता र अब बाँकी जीवन आफूले धेरै अघि…

  • आप भी चलिए ना !

    नवराज सुब्बा आज विहान प्रातकालीन यात्रामा थिएँ । बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो…

  • तिहार डायरी (फट्याक–फुटुक) नवराज सुब्बा

    “हेलो” मैले मोवाइलमा कल रिसिभ गरें । प्रश्न सोधियो “के छ सिक्टी प्लस ?” मैले पनि जवाफ दिएँ “ओहो सिक्टी प्लस ठिक छ ।” फेरि सवाल सोधियो “अनि के गरिंदै छ नि !” म गाडीमा भएकोले गफ त्यति लम्ब्याउने अवस्थामा थिइन यसैले मैले करिव ५ मिनेटमा बेलिविस्तार लगाउन सकिने मेरो हालखवर दुइटै शब्दले अभिव्यक्त गर्न…

Leave a Reply