|

Baigunilai Gunle

५. बैगुनीलाई गुनले

फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार
सोझो बाटो हिडे पनि छिर्के लाउने हजार
दुस्मनसित मीत लाउन माफी खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

काम अनि मान्छेका नाम सोध्दासोध्दै
कागजमा नअटेर मनमा लेख्दालेख्दै
छक्क परें मान्छेका रूप नाना देख्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : धिरज श्रेष्ठ, गायक : डी.बी.राई, एल्बम: अमूल्य जीवन)

Similar Posts

  • |

    Sabaile Dekchhan

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ३ सबैले देख्छन् सबैले देख्छन् बन डढेको बे तर कसले देख्छ मन डढेको बे । अचारै मीठो रामभेंडाको बे सम्झना आउँछ उहीबेलाको बे । रुखैमाथि चरी कठैबरी बे आँशु झर्यो बरर आँखैभरी बे । (शब्द/संगीत/स्वर– नवराज सुंब्बा, एल्बम- हिमालैमा हिउँ)

  • |

    Bahar Sanga

    ९  निधारमा टीका निधारमा टीका र जमरा थाप्छौं आशीर्वचनएकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगनबाआमाको आशिशसंगै उच्च भयो भावनापरदेशी पनि घर फर्के रमाइलो भो जीवनएकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर नमन सबका रमेका छन् जुटेका छन् खेल्नजीवनमा शक्ति भर्ने शान्ति दिने मनमाएकताको चाड…

  • |

    Aruko Lakha Aamako Kakha

    (५) आमाको गीत अरुको लाख आमाको काख कसरी खोसियोे जलेझैं भयो मनमा आगो कसरी झोसियो । यो मनमै बस नबस बनमा न काँढामा फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा । मलाई यो के भो आमाको मन बुझ्न सकिन उनको पीरको थाप्लोको नाम्लो बोक्न सकिन । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का,…

  • |

    Bahar Sanga

    ५ हाम्रो पहिलो पाइला हाम्रो पहिलो पाइला चार दिवालले नरोकसुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक । कलिला हाम्रा हातमा कलम कापी थमाऊनिर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँबाआमाको यो सजाय हामीलाई नदिइयोस्यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् । हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौंफूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौंहाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछउज्यालो हाम्रो विपना सूर्यझैं…

  • |

    Ae Bahar

    २. ए बहार ! ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तिहरू बल्न नै सकेन जलेको यो मुटु भने निभ्न नै सकेन  । मनमा फुल्ने फूलहरू सजाउन सकिन वनमा रम्ने कोइलीझैं गाउन सकिन  । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम:…