मुक्तक-2

किन हो चरी रोएको मन पर्छ
मनको रुमाल धोएको मन पर्छ
आफैलाई दुखे पनि किन होला
त्यो तिर्सनाले छोएको मन पर्छ ।

तस्वीरमा झैं सधैं राम्रो भएको भए
कवितामा झैं यौवन नओइलाएको भए
प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय !
तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।

Similar Posts

  • तिमी देख्दा

    दिँदैनन् साथ कोही तर पनि म एक्लै नाच्दछु मेरा यहाँ कोही छैनन् ता पनि म बाँच्दछु जिउँने क्रममा यति बिघ्न च्यापमा परियो कि जो कोही देख्दा पनि म मुसुक्क हाँस्दछु । — (यो फोटोले प्रभावित भएर लेखेको सिर्जना हो । जेठ २३, २०६९ विराटनगर)  

  • मुक्तक

    कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर

  • जिन्दगी

    करेसाबारीमा नअटेको डिलबाट पनि धकेलिएको भीरमा फुल्ने फूल जस्तै यहाँ कसैको जिन्दगी हरदम आफैसित रम्नु रहेछ आखिर जिन्दगी गमला वा फूलबारी हैन स्वतन्त्र जिन्दगी ।

  • यो के भो !

    कुनैबेला तिमी मेरो निम्ति मरिमरि हाँस्ने गर्दथ्यौ टिपेर फूलहरु मेरै निम्ति माला गास्ने गर्दथ्यौ यो के भो ! आज कसरी आपसमा हामी वैरी भयौं ? जबकि हामी चण्डी; मारुनी, रोदी, देउडा; मिलेरै नाच्ने गर्दथ्यौं ।

Leave a Reply