हामी नेपाली

नेपाली नेपाली हामी नेपाली
मधेसी होस् वा जनजाति हामी नेपाली
दलित होस् वा तागाधारी हामी नेपाली
हिमाल पहाड तराइ माटोको रङ्ग एउटै छ
शर्मा या शेर्पा, थारु या राइ रगतको रङ्ग एउटै छ ।

मेचीमा घाम झुल्कँदा कालीको शीत पग्लिओस्
हिमाल पग्ली झरेर मैदान सारा भिजाओस्
थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं
मिलेर फूलबारीमा बराबर माया रोपिदिऔं ।

थर हो मान्छे चिन्नलाई होइन छुट्टि जानलाई
आपसमा हामी मिलेर मानिस एक बन्नलाई
विदेश राम्रो भन्दैमा दियोको पुतली नबनौं
जन्मेको माटोपानीलाई चटक्कै हामी नबिर्र्सौं ।

नेपाली नेपाली हामी नेपाली
बुद्ध या हिन्दू, इसाइ या मुस्लिम हामी नेपाली
धनि या गरिब, मजदुर या मालिक हामी नेपाली ।

 

Similar Posts

  • भूल मन पर्छ

    चालै नपाइ फक्रिएको फूल मनपर्छ जानी जानी गरेको भूल मन पर्छ । वसन्तमा छरिएर मुस्काउने आशा नशा साँच्चै लागेछ तिमी देख्छु जता तिम्रै केशमा सिउरेको फूल मन पर्छ जानी जानी गरेको भूल मन पर्छ । नसल्काऊ मुटु मेरो बल्या दियोसँगै तिम्रैपछि छाया मेरो लाग्या थियोसँगै अझै हान तीर मलाई शूल मन पर्छ जानी जानी गरेको…

  • असारेगीत

    धान रोप्न साथी हो खेततिर जाऔं खेल्ने बेला हैन एैले काम गर्न जाऔं । हलो जोत्ने साइँलादाइ मीठो गीत गाऊँ गाडीजस्तै मज्जा हुन्छ दाँदे चढ्न जाऊँ । दुःख गरौं असारमा धान फल्छ हेर मंसीरमा दाइँ गरी खेल्नु पर्छ धेर । माना खाई मुरी फल्ने राम्रो मौका हो यो बिदा भयो स्कुल पनि समाऊ कोदालो यो…

  • गीत

    पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए मन सबै कुरा नलैजाऊ देऊ बालापन । कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी कुर्दाकुर्दै जोवन गयो दोधार भो मन…

  • दुर्व्यसन विरुद्ध गीत

    अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।

  • गीत

    फूल फुल्यो बैंश झुल्यो मनै गम्केन म त नाँच्थे कोइलीको गीतै घन्केन । यसपालि वैशाख यो किन यति उराठ खोस्न किन शीतल आयो पापी बतास । तिम्रा रुप रङ्गहरु मेरै निम्ति होलान् जागेका यी उमंग मेरै निम्ति होलान् । पलाउँछौ आशा भई नयाँ नयाँ पालुवा नबनाऊ भरोसालाई बगरको बालुवा ।

Leave a Reply