|

Bahar Sanga

Bahar Sanga

६ हाम्रो मोरङ

पौराणिक, ऐतिहासिक, राजनीतिक संगम
आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङ
चेतनाको बीऊ छर्छ कृषिभूमि मोरङ
हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ ।

धनपालगढी, गोग्राहा, रानी, बुधनगर
विराट गौरव समेट्छ यो विराटनगर
राजारानी पोखरी जेफालेडाँडा मनोरम
बेतना, हसिना सिमसार, रंगेली, मोरङ ।

सबै जाति मिलेर बनेको हाम्रो फुलबारी
छाती यसको चौडा छ अवसर बराबरी
आर्य, कोच, किरात इतिहास बोक्छ मैदान
गौरवपूर्ण यो नाता भुल्दैन हाम्रो मोरङ ।

(शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग)

Similar Posts

  • |

    Yo Jyanko Maya

    ८ यो ज्यानको माया के माया यो ज्यानको माया के मायाजन्मेको भूमि ठूलो रैछहिमाली छाया देशको मायापरन्तुसम्म लाग्दो रैछ । तम्बरैखोला बाढी आयोमाटोको माया उर्ली आयोपरदेशै आए पुलै तरीगाउँघरको मायाँ गाठै पारी । यो मनले आज सम्झिल्याउदाकर्मैले ल्यायो विदेशैमालुङ्ङाज्यू पालाम सम्झिल्याउँदाफर्कि म आउला स्वदेशैमा । (शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) 

  • |

    Yo Deshma Bachne Man Cha

    ६ यो देशमा बाँच्र्‍ने मन छ यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)

  • नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

    ४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययनलेखक : चूडामणि बराईलीविधा : अनुसन्धानप्रकाशन : २०६७शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक,२) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखीक्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा, नेपाल (मिति मितिः २०६७ ।४।२१) Preview/Download परिचय ताप्लेजुङ जिल्लाको…

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…

  • |

    सहिदलाई सलाम

              सहिदलाई सलाम सिङ्गो जीवन बलिदान दिनेलाई सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौस्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौयस्ता वीर सप्रतलाई लाखौं लाख सलामदेशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम । जनताका आवाजमा आफ्नो बोली गाँस्दैआफ्ना हक खोस्नेसित हरदम लड्दैहार कैले नमान्ने योद्धालाई सलामदेशका लागि…

  • |

    Janmiun Hami Nepalma

    (४) जन्मियौं हामी नेपालमा जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्‍न पाऊँ बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे बलिया बन्छन् यी पाउ पहाड पाखालाई टेके सभ्यता, समृद्धि मौैलाउने यो मधेशमा रमाऔं बाँचुञ्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ । आमाको छाया, मायामा, देशभक्तिमा रमाऔं सम्मान गरौं पहिचान एकतालाई…