स्वास्थ्यको लागि एकजूट

कार्तिक १८, २०६८ ।
मोरङ इटहरामा १७४ जना मधुमेह भएका व्यक्तिहरु संगठीत भएर “मधुमेह समाज” गठन गरि समूहभित्र र समूदायमा स्वास्थ्यचेतना फैलाउने अभियान सुरु गरेका छन् । कोशी अंचल अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ, मदन भण्डारी स्मृति प्रतिष्ठान, इटहरा उपस्वास्थ्य चौकी, इटहरा गाविस तथा स्थानीय सहकारी संस्थाहरुको सहयोगमा समाजले जनस्वास्थ्य अभियानको थालनी गरेको हो । अभियान अन्तर्गत मधुमेह भएका व्यक्तिहरुले नियमित योग गर्ने, हल्का व्यायम गर्ने, खानपीनमा ध्यान दिने, मधुमेहबारे परामर्श सेवा दिने एवम् नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइने समाजका अध्यक्ष अम्बिकाप्रसाद दाहालले बताउनु भयो ।
आज इटहरामा सम्पन्न एक कार्यशालामा नोवेल अस्पताल विराटनगरका चिकित्सक मोहन खड्काले ग्यास्ट्रिक रोगबारे सहभागीहरुलाई जानकारी गरायनु भयो । कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालले समूहमा योग गर्ने, विहान भ्रमण गर्ने बानीको विकास गरिएको र खानपानमा पनि व्यवहार परिवर्तन गरिएको जानकारी गराउनु भयो ।
कृषि सहकारी संस्थाका देवेन्द्र पौडेलको अध्यक्षतामा भएको उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा, इटहरा उपस्वास्थ्य चौकीका प्रमुख बाशुदेव रेग्मीले अभियानको लागि यथासम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Similar Posts

  • |

    A Brief Note on Health Psychology

    Dr. Nawa Raj Subba Health psychology is a behavioral medicine having interdisciplinary scopes including both medicine and psychology. It deals with the psychological and behavioral processes. Health psychology commits overall individual’s well being and health. Religion organizes the system of beliefs and practices. Spirituality connects self to self-others nature and ultimate others. Spiritual health maintains…

  • |

    Resurgence and Response: COVID-19 Public Health in Asia

    Dr. Nawa Raj Subba Despite appearing to decline in recent months, the COVID-19 epidemic is far from over. Recent outbreaks throughout Asia, particularly in India, China, and Nepal, underline the importance of increased public health awareness and vigilance. By studying official data and comprehending the present context, we can empower communities with the knowledge and…

  • Support for Rehabilitation in Biratnagar Nepal

    सामाजिक समस्या निम्ति हातेमालोः लायन्स क्लब ग्रिनसिटी विराटनगरले दुर्व्यशनी सुधार केन्द्र स्पर्श नेपाललाई आवश्यक पर्ने कुर्सीहरु प्रदान गरेर मासिक अभिभावक बैठक बस्न सजिलो पारेको छ । सभापति श्री राजन खत्रीको सभापतित्वमा लायन्स क्लबका पदाधिकारी, नागरिक समाजका गन्यमान्य उपस्थित फर्निचर हस्तान्तरण समारोहमा सहभागी हुन पाउँदा मलाई खुशी लागेको छ । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा मलाई…

  • द्वन्द्वपीडितलाई सहयोग

    माघ २, २०६७ । मोरङ याङसिलाका द्वन्द्वपीडित बालबालिकाहरुलाई शैक्षिकसामग्री सहयोगस्वरुप प्रदान गरिएको छ । युरोपियन युनियनको सहयोग, बाल समाज नेपालको पहल र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको समन्वयमा याङसिला उपस्वास्थ्य चौकीमा आयोजित एक समारोहमा मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले ६ जना बालबालिकाहरुलाई शैक्षिकसामग्री वितरण गर्नुभयो । शैक्षिक सामाग्री पाउनेहरुमा प्रतिमा लिम्बू, चेतन मगर, हिमाल खड्का, अमर विश्वकर्मा…

  • दुर्गम स्थानमा गाउँघर क्लिनिक

    चैत्र १८, २०६९ । मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा…

  • उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु पुरस्कृत

    भाद्र ८, २०६९ विराटनगर मोरङ । मोरङ जिल्लामा समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट तीन स्वास्थ्य संस्थाहरु र १८ जना स्वास्थ्यकर्मीहरु पुरस्कृत भएका छन् । आर्थिक वर्ष २०६८/६९ मा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङ अन्तर्गतका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुमध्ये कार्यसम्पादनको आधारमा मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, केराबारी स्वास्थ्य चौकी र बेलबारी उपस्वास्थ्य चौकी उत्कृष्ट तीनमा परेका…

Leave a Reply