मोरङमा ७५ प्रतिशतले हात्तिपाइलेविरुद्ध औषधी खाए

फागुन ३०, २०६८ विराटनगर । गत माघ २१, २२ र २३ गते संचालित हात्तिपाइले रोग विरुद्धको अभियानमा मोरङ जिल्लामा ७ लाख १६ हजार ३ सय २४ जना अर्थात् लक्षको ७५ प्रतिशतले औषधी खाएका छन् । अभियानमा जिल्लाले ९ लाख ६१ हजार २ सय ४७ जनालाई औषधी खुवाउने लक्ष राखेको थियो । सबैभन्दा बढी पाटी गा.वि.स.मा ९८ प्रतिशतले र सबैभन्दा कम विराटनगर उपमहानगरपालिकामा ५७ प्रतिशतले मात्र औषधी सेवन गरेको र अभियानको दौरान जिल्लामा २७८ जनामा अवाञ्छित असर देखा परेको र सामान्य उपचारपछि घर फर्केको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले  हालै जनाएको छ ।
उक्त अभियानमा जिल्लामा हात्तिपाइलेबाट खुट्टा सुन्निएका ८ सय ३ जना, हाइड्रोसिल भएका ३ हजार १६ जना र शरीरका अन्य अङ्मा प्रभावित भएका ६ सय ५१ जना गरि जम्मा ४ हजार ४ सय ७० जना हात्तिपाइले रोगका विरामीहरूले समेत औषधी सेवन गरेका छन् ।
नेपालबाट सन् २०२० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने सरकारी प्रतिबद्धता अनुरुप मोरङ मोरङ जिल्लामा १८ प्रतिशत जनसंख्याको शरिरमा हात्तिपाइले रोगको परजीवि भएको अनुसन्धानले देखाएको छ । शरीरभित्र परजीवि भएको खण्डमा त्यस्ता मानिसलाई अवाञ्छित असर देखा पर्ने विज्ञहरूको भनाई छ । औषधी सेवनबाट १ देखि २ प्रतिशतमा सामान्य अवाञ्छित असर देखापर्ने र सो पछि आफै हराएर जाने भएता पनि पहिलो दिन औषधी सेवनबाट उत्पन्न असरबारे संचारमाध्यमबाट भएको प्रचारप्रसारले जनमानसमा डर–त्रास उत्पन्न भई कार्यक्रम प्रभावित भएको कार्यालयले जनाएको छ ।
हाल कार्यक्रमको प्रगतितर्फ हेर्दा मोरङ जिल्ला पूर्वाञ्चलमा प्रथम भएको छ र जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले अभियानमा संलग्न स्वयंसेवकहरू, स्वास्थ्यकर्मी, संचारकर्मी तथा संलग्न सबैमा धन्यवाद ज्ञापन गरेको जनाएको छ ।

Similar Posts

  • प्रसूती सेवा भवन शिलान्यास

    कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ । भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी…

  • |

    भाइरल ज्वरो इन्फ्लुएन्जा

    (डा.नवराज सुब्बा) जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ । पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो…

  • |

    एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

    डा. नवराज सुब्बा आकस्मिक रूपमा चाहिने एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको महत्वपूर्ण सहायक सेवा हो । यातायात पुगेका स्थानमा आजकल समुदायस्तरबाट समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ गाउँमा खुलेका सहकारी, अस्पताल तथा सामाजिक धार्मिक संघ संस्थाहरूले पनि एम्बुलेन्स सेवा संचालन गरेर सेवा दिन थालेका छन् । तर यही अत्यावश्यक एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय आज ढुक्क…

  • प्रजनन स्वास्थ्य शिविर

    माघ २७, २०६७ । मोरङ सिसवानी जहदा – जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा समुदायमा यौनरोग तथा प्रजनन स्वास्थ्य शिविर । जिल्ला जनस्वास्थ्य कार्यालय मोरंगका प्रमुख नवराज सुब्बाले शिविरको उद्घाटन गर्नुभयो । उद्घानका अवसरमा गाविस सचिव थिरप्रसाद पौडेल, विराट अस्पतालकी लजिता योञ्जनले बोल्नुभयो ।

  • |

    मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

    विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने…

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…

Leave a Reply