दुर्गम स्थानमा गाउँघर क्लिनिक

चैत्र १८, २०६९ ।
मोरङ राजघाटमा जनश्रमदान, जिल्ला विकास समिति र बि.एन.एम.टि. को सहयोगमा गाउँघर क्लिनिक भवन निर्माण गरिएको छ । करिव १ लाख ५५ हजारको लागतमा राजघाट वडा न. ६ महाराजझोडा निर्मित दुईकोठे क्लिनिक भवनको आज एक समारोहमा उद्घाटन भयो । राजघाट उपस्वास्थ्य चौकीबाट ८ किलोमीटर दक्षिण दुर्गम महाराजझोडामा अवस्थित उक्त गाउघर क्लिनिकबाट महिनामा दुई दिन महिला, बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गरिन्छ । गाउघर क्लिनिक ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानियाको अध्यक्षतामा सम्पन्न समारोहमा गा.वि.स. सचिव जयधर्म आचार्य, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र इञ्चार्ज डा. शरद बराल, राजघाट उपस्वास्थ्य चौकी इञ्चार्ज हरिप्रसाद आचार्य, मुरारी आचार्य, पुण्यप्रसाद पौडेल, पशुपति खतिवडा, वाशुदेव ढुँगाना, बलबहादुर तामाङ लगायतले गाउघर क्लिनिकबारे बोल्नु भयो । समारोहमा चन्दादाताहरुलाई प्रशंसापत्र प्रदान पनि गरिएको थियो ।

Similar Posts

  • प्रसूती सेवा भवन शिलान्यास

    कार्तिक २८, २०६८ मोरङको हरैंचा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूती सेवा केन्द्र भवनको शिलान्यास भएको छ । प्रसूती गराउने आधुनिक १० कोठे भवनको शिलान्यास एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले गर्नुभएको छ । भवन शिलान्यास समारोहमा केन्द्रका इञ्चार्ज शेखर यादवले आर्थिक वर्ष २०६७÷६८ को प्रगति विवरण प्रस्तुत गर्नुभयो । समारोहमा केन्द्रको गत वर्ष तथा आगामी…

  • |

    मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

    विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने…

  • जग्गादातालाई सम्मान

    मोरङ विराटनगर, पौष २८, २०६७ । टंकीसिनवारी स्वास्थ्य चौकी भवन निर्माणस्थलको लागि चार कट्ठा जग्गादान दिने श्री हरिचरण विश्वासलाई हालै सम्मान गरियो । स्वास्थ्यचौकीमा आज आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले मण्डललाई सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नुभयो । भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा ब्यवस्थापन समितिका अध्यक्ष काशिराम श्रेष्ठ, बाबुप्रसाद यादव, प्रेमचन्द…

  • “Service is the rent we pay for living.” Marion Wright Eddelman

    मंसिर २०, २०६९ विराटनगर । नवौं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विराटनगर उपमहानगरपालिकामा कार्यरत उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई आज वीरेन्द्र शभागृहमा आयोजित एक समारोहमा सम्मानित गरियो । विराटनगर उपमहानगरपालिकाका प्रमुख श्री गोपालप्रसाद रेग्मी र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई नगद र प्रशंसापत्र प्रदान गरे । निस्वार्थ, स्वस्फूर्त आउने स्वयंसेवा प्रार्थनीय छ, यस्ता स्वयंसेवकहरुलाई सम्मान…

  • मोरङमा हात्तीपाइले अभियान

    हात्तीपाइले निवारण अभियान अन्तर्गत मोरङ जिल्लामा माघ २१, २२ र २३ गते आमरुपमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भयो । ग्रामीण क्षेत्रमा ७० प्रतिशत र नगरपालिका क्षेत्रमा ३० प्रतिशत लक्षित समूहले औषधी खाएको प्रारम्भिक अनुमान छ । ९ लाख जना मानिसलाई औषधी खुवाउने लक्ष्य राखिएकोमा सो को प्रतिवेदन जिल्लामा प्राप्त हुन २ हप्ता लाग्ने जिल्ला जनस्वास्थ्य…

  • |

    राष्ट्रिय खोप दिवस बालअधिकार

    सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा) पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि !

Leave a Reply