जीवन मेरो शब्दकोशमा

जीवन मेरो शब्दकोशमा – कवितासंग्रह
रचनाकार – नवराज सुब्बा
प्रकाशित मिति – २०६३ साल – वाणी प्रकाशन विराटनगर ।

नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । कवि बैरागी काईलाले यसमा भूमिका लेख्नु भएको छ । कृती तथा कृतीकारबारे काईला लेख्नुहुन्छ– नवराज लिम्बू सुब्बाको “जीवन मेरो शब्दकोशमा” नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४६ कविताहरू संङ्ग्रहित छन् । युवावस्थादेखि नै जीवनयापनका लागि जागिरे भएका कवि नवराज लिम्बू सुब्बाले जागीरे जीवनको क्रममा मुलुकभित्र विभिन्न जिल्ला र गाउहरूमा जानुपर्दा वा कहिलेकाहि कामविशेषले राजधानी काठमाडौं धाउनुपर्दा जस्ता विभिन्न स्थान र समयमा कविताहरू लेखेका पाइन्छन् । समय र स्थानको भिन्नताले उनका कवितामा वैभिन्य ल्याएको भएतापनि सारतत्व भने जीवन र जगतप्रति उनको चिन्तन र धारणा नै मुख्य हो भन्न सकिन्छ ।

Nepali Version Preview/Download

Similar Posts

  • | |

    बीच-बाटोमा-ब्यूँझेर

    Bich Batoma Byujhera: A Poetic Journey by Nawa Raj Subba Introduction and review by Prof. Bal Krishna Pokhrel and Dr. Govind Raj Bhattarai. आशीर्वचनः प्रा. बालकृष्ण पोखरेल नेपाली साहित्यमा एक स्थापित हस्ताक्षरको नाम हो नवराज सुब्बा। लेखनलाई साँच्चै फलदायी बनाउने हो भने साधकले ओथारे अवधिमा अदेखा रहन सक्नुपर्छ भन्ने सत्यमा विश्वास राख्ने नवराज भाइको यस…

  • | |

    Traditional & Modern Cares in Rajbanshi

    This is a descriptive and cross-sectional study on Rajbanshi of Nepal undertaken in 2010. The common theories in Ethnographic/ Indigenous Psychological perspective, Social Construction theories, and Public Health perspectives have navigated the study. This study poses both qualitative and quantitative methods: interviews, observations, and examinations. Household samples were randomly taken and clusters taken by purposive…

  • जनस्वास्थ्य: पाटा बाटा र अनुभूति

    जनस्वास्थ्य: पाटा बाटा र अनुभूति जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह लेखक नवराज सुब्बा प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर । यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु…

  • | |

    मनको-मझेरी

    नवराज सुब्बाका निबन्धहरू: मनको मझेरी नवराज सुब्बाद्वारा लिखित “मनको मझेरी” निबन्धसंग्रह २०६४ सालमा वाणी प्रकाशन, विराटनगरद्वारा प्रकाशित एक चर्चित कृति हो। यो संग्रहमा २० वटा निबन्ध समावेश छन्, जसले सामाजिक, सांस्कृतिक, साहित्यिक र व्यक्तिगत अनुभूतिहरूलाई गहिरो रूपमा उजागर गर्छ। “मनको मझेरी” निबन्धसंग्रह २०६४ संग्रहका विशेष निबन्धहरू: नयाँ नेपालको चित्र तस्वीरमा पोखिएका कविताहरू श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई…

  • यात्रा आधा शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै…

Leave a Reply