सतीढुङ्गानेर अरूण

म अरुण !
बगेर यहाँ आइपुग्दा
सती जानेको होड देखेर
आफै अल्मलिएँ !

सर्वाङ्ग भइ सबै
आँखा चिम्लेर उफ्रन्छन्
एकअर्कालाई तान्छन् ठेल्छन्
मलामीहरू !

डम्फू आआफ्नो छ
ताल, सुर अलग छ
झन्डा, डन्डाका छाल उर्लेको छ
सतीढुङ्गामा चढ्न उक्साउँदै छन् मलामी
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छे
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म अरुण एकछिन रोकिएको छु !

सरगम नमिलेर
घरीघरी अल्मलिन्छन् मलामी
कहिले हेर्छन खरानी बग्ने खोलातिर
हेर्छन् कहिले धूवाँ उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म !
सती जाने र मलामीको हुल देखेर
मर्नु बाँच्नुको दोसाँधमा
बग्नु नबग्नुको दोधारमा छु
मान्छे उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक
सतीढुङ्गानेर ठोक्किएको छु
अक्मक्किएको छु, छट्पटिएको छु
म अरुण !

Similar Posts

  • दशैं

    बन्द छलेर, कर्र्‍यू तोडेर दशैं आएको छ आज बिर्खेको घरमा केही दिन भए पनि खुशी  छाएको छ केटाकेटी रमाएका छन् मक्किएको धोति पनि फेरिएको छ

  • |

    आकाश आत्मा बीचको संवाद

    📘 डा. नवराज सुब्बाद्वारा लिखित आध्यात्मिक खण्डकाव्य आकाश र आत्मा बीचको संवाद खण्डकाव्यमा आत्मा आकाशसँग बोल्छ— मौनता, प्रतीक र प्रकृतिको लयमा। आकाश ब्रह्माण्डको प्रतिनिधित्व गर्छ भने आत्मा चेतनाको गहिरो स्तर हो। यी दुईबीचको अन्तर्दृष्टिपूर्ण संवादले पाठकलाई स्व-अन्वेषण, साँस्कृतिक स्मृति, र आध्यात्मिक पुनर्जागरणतर्फ डोर्याउँछ। खण्डकाव्यको संरचना र मौलिकता काव्यको संरचना विभिन्न सर्गहरूमा विभाजित गरिएको छ, जहाँ…

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

Leave a Reply