|

Marijuana brings no prosperity for the country

गाँजा खेतीले देशमा समृद्धि कदापि आउँदैन !

– डा. नवराज सुब्बा

आजकल नेपालमा केही गैरसरकारी संस्थाले सांसदलाई समेत प्रभावित पारेर गाँजा खेती गरेर देशलाई समृद्ध बनाउने भ्रामक खेतीमा देशलाई धेकेल्दै छन् । गाँजा नशालु दुर्व्यशनकारक वस्तु हो । भलै शिवरात्रीमा यसको प्रयोग हुन्छ, यसको औषधीय गुण आयुर्वेदमा ग्राह्य मानिन्छ तर खेती गरेर देशलाई समृद्ध बनाउँछु भन्नु मानिसलाई विदेशमा बेचेर रेमिटेन्सले देश धनि बनाउँछु भन्ने विदेशी चालकै एक रुप हो । आज धनि देशले गरिव देशको साधनस्रोतलाई युद्ध नगरी यी यस्तै हत्कण्डा अपनाएर त्यहाँका मानिसलाई प्रभावित पारेर हात पार्ने गर्दछन् ।

भारतमा हाल फिल्मी नायक सुशान्त सिं राजपुतको आत्महत्या घटना उनकै प्रेमिकाको लागुपदार्थ प्रयोगसित गाँसिएको देखिएको सिबिआईको अनुसन्धानबाट खुल्दैछ । लागुपदार्थ, नशालुपदार्थ, मादकपदार्थ, सुर्तिजन्य पदार्थ सेवन यी यस्तै अपराध घटना, घरेलु हिंसासित गाँसिएर आउँछन् । सडक दुर्घटना, हत्या अपराध सित जोडिन्छन् । लागुपदार्थ, सूर्तिजन्य पदार्थ, नशालु पदार्थले जीवनलाई जोखिमपूर्ण स्थितिमा धकेल्छ भन्ने कुरा अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

हाल अन्तर्राष्ट्रिय व्यापारी समूहले गरिब मुलुकलाई दुरुपयोग गरेर विभिन्न प्रलोभनमा पारेर गाँजा खेती, अफिम खेती गरेमा खरिद गरिदिने र यसले देशको समृद्धि आउने लालच देखाएर प्रभावमा पार्दछन् । गाँजा खेती गरेपछि यसमा लाग्ने परिवारका सयमध्ये पाँच जनाले लतमा फसे भने यसले देशलाई दूरगामी प्रभाव पार्दछ । त्यसबाट हुने व्यापारको फाइदाले कहिल्यै क्षतिपूर्ति नहुने नोक्सानी देशले भोग्नु पर्नेछ ।

यसलाई बुझ्न चीनको अफिम युद्ध इतिहास जान्नुपर्दछ । पश्चिमा मुलुकले व्यापारको बहानामा चीनमा त्यहाँका मानिसलाई अफिम खान र खेती गर्न सिकाए । उनीहरुले अफिम खेतीबाट देशको समृद्ध हुने सपना चीनमा पनि बाँडेका थिए । त्यहाँका राष्ट्रवादी चिनियाँले लागुपदार्थको दुव्र्यसनले ग्रस्त समाजको गिर्दो अवस्था देखेपछि अफिम खेती विरुद्ध आवाज उठाए र पश्चिमेली विरुद्ध युद्ध गरे । अफिम युद्धमा चीनले हङकङ, मकाओ एकशय वर्षको लागि पश्चिमालाई लिजमा दिए मात्र बेलायतले युद्ध रोक्ने स्थिति आयो । वाध्य भएर चीनले ती भूमी बेलायतलाई सयवर्षको लागि लिजमा दिन सम्झौता गर्यो । आज हङकङ, मकाओ चीनले फिर्ता पाएको छ । यद्यपि अफिम युद्धदेखिको प्रतिशोध समेतले आजसम्म चीन र बेलायत, पश्चिमको सम्बन्ध शत्रुतापूर्ण छ ।

जेहोस्, हामीले इतिहासबाट सिक्ने हो । छिमेकी मुलुकबाटै धेरै कुरा सिक्न सकिन्छ । निकासी गर्ने कुलतजन्य वस्तुको खेतीको सानो अंशमात्र देशभित्र प्रयोग भएको खण्डमा हामीले भोलि युद्धले प्रभावित मुलुकले भोगेको दशा भोग्नु पर्ने स्थिति आउन सक्छ । यसैले हामीले कसैको लहै लहैमा लागेर नशालु वस्तु उमारेर समृद्ध बन्ने सपना त्यागौं । मानवजातिलाई घातक वस्तुले हामीलाई समृद्ध बनाउँद्ध भन्ने कुरा भ्रम मात्र हो । आज संसारमा कुनै पनि देश यस्ता कुवस्तु उमारेर बेचेर धनि भएका छैनन् । अरुलाई मनोरञ्जन गराउने अबैध रुपमा खुलेका पटका उद्योगमा दुर्घटनामा वर्षेनी हजारौं मानिस प्रभावित भएको घटना पनि छिमेकी भारतको दृष्टान्तले देखाउँछ । यस्ता खतराजन्य वस्तुको प्रयोग गरेर मनोरञ्जन गर्ने प्रवृत्ति यस्ता उद्योग वा खेती गर्ने प्रवृत्ति मानव जातिको लागि घातक छन् भन्ने माथिका उदाहरणबाट स्पष्ट हुन्छ ।

गाँजालाई जडिबुटिको रुपमा सीमित खेती गर्नु सम्भव छँदैछ । तर गाँजा नगदे बालीको रुपमा खेती गरेर देशलाई समृद्ध बनाउने सपना देख्ने अभियन्तालाई छिमेकी मुलुक चीनमा उन्नाइशौं शताब्दीमा पश्चिमाविरुद्ध भएको अफिम युद्ध अध्ययन गर्न म आग्रह गर्दछु । इतिहासमा पश्चिमाको प्रभावमा यस्ता वस्तुको उपयोग र खेतीको मूल्य आज चीनले चुकाइरहेछ । चीनलाई बेलायत र पश्चिमाले हेर्ने दृष्टिकोणको निर्माणमा अफिम–युद्ध कोशेढुङ्गा बनेको छ । यसैले गाँजा खेती गरेर नेपाल र नेपालीको भविष्यलाई अनिश्चयको भुमरीमा धकेल्नु हुँदैन । किनभने लागुपदार्थ, नशालुपदार्थ, मादकपदार्थ, सूर्तिजन्य पदार्थलाई प्रबर्धन गर्नु भनेको देशको भविश्य र जनस्वास्थ्यसित खेलबाड गर्नु हो ।

Similar Posts

  • |

    भाइरल ज्वरो सम्बन्धी महत्वपूर्ण तथ्यहरू – नवराज सुब्बा

    १. विषयप्रवेश सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय वा छात्रावासका धेरै विद्यार्थीलाई तथा अस्पताल, कारागार, ब्यारेकजस्ता एकत्रित भएर बस्ने मानिसलाई एकसाथ प्रभावित पार्दछ । जसलाई हामी महामारी भन्दछौं । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०६८/६९ सालमा ३७१४ जनाले…

  • मोरङमा हात्तीपाइले अभियान

    हात्तीपाइले निवारण अभियान अन्तर्गत मोरङ जिल्लामा माघ २१, २२ र २३ गते आमरुपमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भयो । ग्रामीण क्षेत्रमा ७० प्रतिशत र नगरपालिका क्षेत्रमा ३० प्रतिशत लक्षित समूहले औषधी खाएको प्रारम्भिक अनुमान छ । ९ लाख जना मानिसलाई औषधी खुवाउने लक्ष्य राखिएकोमा सो को प्रतिवेदन जिल्लामा प्राप्त हुन २ हप्ता लाग्ने जिल्ला जनस्वास्थ्य…

  • Global Action Against HIV/AIDS Week in Morang

    जेठ ५, २०६८ विराटनगर । सन् २०११ मा एच.आइ.भी. एड्स विरुद्ध विश्वव्यापी अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा यस अभियानमा संलग्न सरकारी, गैरसरकारी संस्था, संक्रमित, जिल्ला एड्स समन्वय समितिका संयोजक झमक भट्टराइ, सन्जालका संयोजक सन्जीव खड्का र अभियन्ताहरुको एक भेलाले विराटनगरको जनआन्दोलन चोकमा एड्सबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गर्दै साँझ मैनवत्ति बालेको छ…

  • |

    मृत्युदायक सूर्तिजन्य पदार्थ (नवराज सुब्बा)

    सूर्तिजन्य पदार्थ जुनसुकै बहानामा प्रयोग गरे पनि मृत्युदायक छ । हरेक वर्ष ३१ मईका दिन विश्वभर जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी विश्व धूम्रपान दिवस मनाइन्छ । सुर्तिजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने गम्भीर असरबाट मुक्त राख्न विश्व स्वास्थ्य संगठनले सन् १९८७ सालदेखि नै सूर्तिविरुद्घ जनचेतना फैलाउन विश्व धूम्रपानदिवस विश्वभर सदस्य राष्ट्रहरूमा मनाउदै आएकोछ । विश्व स्वास्थ्य संगठनका अनुसार…

  • |

    राष्ट्रिय खोप दिवस बालअधिकार

    सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा) पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि !

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…