Birkhe’s Wish @ Dashain

बिर्खेको दशैं कामना !
– नवराज सुब्बा

यो दुनियाँमा
दुःख दिने बाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबै सबै दुःखै दिने चीज
मात्र त हुन् नि मेरा निम्ति
मलाई खुसी बाँड्ने
सेतो हिमाल छ
जो मलाई उभिन सिकाउँछ
कहिल्यै नरिसाई
सधैं हाँस्न सिकाउँछ
मलाई !

बन्द छलेर
बाधा पार गर्दै
जबर्जस्ती कर्फ्यू तोड्दै
सुटुक्क आइपुग्यौ तिमी
यो बिर्खेको घरमा
तिम्रो आगमनमा
म एकैछिन भए पनि
खुसी भएको छु
किनकि !
तिम्रो नाउँमा केटाकेटीले
पेटभरि खान पाएका छन्
यही निहुँमा भुन्टेकी आमाको
मक्किएको धोती फेरिएको छ
केटाकेटीको खुशी दशैं !
तिमी सँधै केटाकेटीसितै खेलिदिए हुन्थ्यो
यो घरमा पाहुना हैन सदस्य झैं बसिदिए हुन्थ्यो ।

 

Similar Posts

  • परदेशीको सपना

    मनमा बिछ्याएर
    उनेका मायाका पोतेहरू
    तिम्रो गलामा बिसाएर
    तिमीसँग बिदा माग्दा
    धेरै बेर रोएथ्यौ तिमी सपनीमा
    अहिले ब्यूँझेर हेर्दा पो देखें
    तिमीले मेरो छातीमा झारेका आँसुहरू
    मेरै सिरानीमा झरेछन्

  • ऐना र मानिस

    परिचय “ऐना र मानिस” – डा. नवराज सुब्बाको गहिरो भावनात्मक र सामाजिक चेतनायुक्त कविता हो, जसले आधुनिक मानिसको आत्म–प्रतिबिम्बलाई चुनौती दिन्छ। कविता एक समय थियो—मानिसले हेर्थ्यो आफ्नो अनुहारकुनै शान्त पोखरीको पानीमा,या प्रियसीका आँखाभित्र,जहाँ देखिन्थ्यो उसको असली रूप—र सपनाको उज्यालोमानिस्किन्थ्यो यात्रामा। तर अब—मानिसको हातमा छ ऐना,र उसले हेर्छआफ्नो अनुहार होइन,अरूको तेज, अरूको चमक।र त्यो चमकमाउसको मन…

  • मुक्कुमलुङको आवाज

    🔹 मुक्कुम्लुङ: किरात सभ्यताको पहिचान 🔹 शिरिजङ्गाको सपना अझै बाँकी छ। यलम्बरको हुंकार आज पनि सुनिन्छ। टाढाटाढाबाट मुक्कुम्लुङले पुकार गरिरहेछ। यो केवल ढुंगा होइन। यो इतिहासले बोकेको एक अमूल्य सम्पत्ति हो। मुक्कुम्लुङ किरात सभ्यताको प्रतीक हो। यस भूमिले सयौँ वर्षदेखिका कथा समेटेको छ। पहाडको छातीमा अंकित इतिहास यहाँको माटोले बोकेको छ। हावा शान्त छ, तर…