“लुकेको रहर” पूरा हुन लाग्यो

नवराज सुब्बाले आफ्नो ४९ औं जन्मोत्सवको अवसरमा संगीत र साहित्य क्षेत्रलाई नयाँ कोशेली आउन लागेको जानकारी दिएका छन् । गजलकारको रुपमा नवराज सुब्बाको पहिलो कृति साङ्गीतिक कोशेली “लुकेको रहर” गजल एलबम बजारमा आउन लाग्दैछ । नौवोटा गजलहरु संग्रहित हुने उक्त एलबममा बरिष्ठ संगीतकार शक्ति बल्लभको सङ्गीत र अंजु पन्त, माण्डवी त्रिपाठी, जगदिश समाल, स्वरुपराज आचार्य, शिशिर योगी, नरेन्द्र प्यासी, सुमित खड्का, सुरेश मानन्धर र भीम चापागाइँका स्वर समेटिएको छ । भर्जिन भ्वाइस स्टुडियो काठमाडौंमा रेकर्ड भएका सम्पूर्ण गजलहरुको संगीत संयोजन मनोहर सोनाम र रेकर्डिङ धनपाल गुरुङले गरेका छन् । यस अघि सुब्बाको देशभक्ति गीतको “देशको माया” चर्चित एलबम बजारमा आइसकेको छ ।

Similar Posts

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • अमूल्य जीवन लोकार्पण

    माघ १६, २०६८ सहिद दिवसको दिन :  नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा नवराज सुब्बाको तेस्रो गीति एलबम ‘अमूल्य जीवन’ लोकार्पण हुदैछ ।

  • समता साहित्य प्रतिष्ठानको स्थापना

    < फागुन ११, २०७४ विराटनगर । ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति…

  • राष्ट्रिय एकता दिवस भव्य

    पौष २७, २०६६, इटहरा मोरङ । भव्य अन्तरक्रिया कार्यक्रम गर्दै राष्ट्रिय एकता दिवस इटहरा मोरङमा मनाइयो । प्रमुख वक्ताहरु नेपाली भाषाविद प्रा. डा. टँक न्यौपाने, वुद्धिजीवि परिषदका अध्यक्ष तथा समालोचक प्रा.डा.

  • हामी पहिले नेपाली लोकार्पण

    कार्तिक १९, २०६९ काठमाडौं । कुलपति बैरागी काइँलाले “हामी पहिले नेपाली” गीति एल्बम विमोचन गर्नु भएको छ । एल्मबमा नवराज सुब्बाको शब्द, शक्ति बल्लभ संगीत तथा सुमित खड्काको  आवाज रहेको छ ।

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

One Comment

  1. Namaste Sir,

    This is Shaguna (CPAD student ,biratnagar). How r u Sir? Hope you remember me. Best wishes for you upcoming album “Hidden Wishes’.

    With Regards,

    Shaguna Gurung
    CPAD, Biratnagar.

Leave a Reply