Nepali Gazal Songs

नेपाली गजल एल्बम– लुकेको रहर

गजल- १

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो
थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु ।

मलाई माया गर्ने केवल एउटी तिमी थियौ
ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः नरेन्द्र प्यासी, गजल एल्बम– लुकेको रहर)

 

गजल- २

जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ ।

दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर
किन आकाश उधारेर बादलले टाली दियौ ।

नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर
मनको सफा तलाऊमा धमिलोपन हाली दियौ ।

सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर
परेलीका गाजल किन पखालेर फाली दियौ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः जगदिश समाल, गजल एल्बम– लुकेको रहर) 

गजल- ३

साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन
कता कता भौतारिनु नपुगेको गाउँ छैन ।

स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु
झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन ।

च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू
कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन ।

तिम्रो यादमा के के लेखें सधैं सधैं तिमी देखें
तर आज बताउन लायक आफ्नो नाउँ छैन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुरेश मानन्धर, गजल एल्बम– लुकेको रहर) 

गजल- ४

दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।

कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद
जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

मनमनै पखालेर निरासाको स्वाद
तीतो जति निचोरेर फाल्नु ठूलो रैछ ।

प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद
मीठो जति अरुलाई बाँडनु ठूलो रैछ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः अञ्जु पन्त, गजल एल्बम– लुकेको रहर) 

गजल- ५

मेरो एउटा घर छ लुकेको रहर छ
आफन्त बिछोडिदै गएको शहर छ ।

पुरानो जो थोत्रो सायद म एक हुँ
फालिन बाँकी केवल एक पहर छ ।

हिँडाएँ ताते उसलाई लाठे बनाएँ
उसैले प्रहार त्यो गरेको ठहर छ ।

रोपेको छु फूल हालेकोछु मलजल
नसम्झे है यसमा घोलेको जहर छ ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः शिशिर योगी, गजल एल्बम– लुकेको रहर)

गजल- ६

मेरा सबै रहरहरु पूरा भए अब के गरौं
दिक्दार भए मसित सायद सब के गरौं ।

अलिकति बचेको यो ओठको खुशी लेऊ
आएन हात कसैको दुःखमा जब के गरौं ।

आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ
कर्केनजर पो लगाए उल्टै तब के गरौं ।

कामै पर्दा मात्र चाहिने रहेछु एक ढुँगा
बन्यो घर बिर्सियो छैन मतलब के गरौं ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः सुमित खड्का, गजल एल्बम– लुकेको रहर) 

गजल- ७

त्यो मृत्युको आभास आइरहन्छ किन
कतै बोलाएझैं गीत गाइरहन्छ किन ।

म गीत गाउँदा गाउँदै ढलिजान सक्छु
हरपल संगीत दिलमा छाइरहन्छ किन ।

लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ
केवल दुखिरहने शव्द पाइरहन्छ किन ।

सबैलाई बाँड्न रैछ यही मुटु प्यारो
फकाई कसैले हरदम खाइरहन्छ किन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः स्वरुपराज आचार्य, गजल एल्बम– लुकेको रहर) 

गजल- ८

देउरालीमा बरपिपल आज बसेको देखिन
सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन ।

अमर भन्ने के छ र तैपनि रहर मेटिन्न र्
मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन ।

लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन
दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन ।

देऊ मलाई दोष जति भारीभो कैले भन्दिन
बिलाई जान दिन्नथें तारा खसेको देखिन ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः माण्डवी त्रिपाठी, गजल एल्बम– लुकेको रहर) 

गजल- ९

कति सुनका कुरा गरौं अब गुनका कुरा
गर्मी भो प्रिय थालौ अब जूनका कुरा ।

चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय
आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा ।

आफन्त माया मारी पराय आफ्नो बनायौ
दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा ।

छ हिसाव बाँकी अझै चुक्ता गर्न निकै छ
छिमेकीले बिर्सेनन् पैंचो दिया नूनका कुरा ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः भीम चापागाइँ, गजल एल्बम– लुकेको रहर) 

‘Lukeko Rahar’ Ghazals Album JUKEBOX by Nawa Raj Subba

Similar Posts

  • |

    Aruko Lakha Aamako Kakha

    (५) आमाको गीत अरुको लाख आमाको काख कसरी खोसियोे जलेझैं भयो मनमा आगो कसरी झोसियो । यो मनमै बस नबस बनमा न काँढामा फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा । मलाई यो के भो आमाको मन बुझ्न सकिन उनको पीरको थाप्लोको नाम्लो बोक्न सकिन । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का,…

  • |

    Yo Deshma Bachne Man Cha

    ६ यो देशमा बाँच्र्‍ने मन छ यो देशमा हामीलाई हास्‍ने खेल्ने मन छ सबैसित मिलीजुली मर्ने बाँच्‍ने मन छ । युवा जोश जागरले देशको मुहार फेर्र्छौं जस्तोसुकै आपतविपत भार पनि बोक्छौं । समयको चालसितै पाइलाहरू चाल्छौं रोग, भोक, दुर्व्यसन हटाएरै छाड्छौं । (शब्द रचना- नवराज सुब्बा, संगीत- धिरज श्रेष्ठ, स्वर- डि.बी. राई, एल्बम- देशको माया)

  • |

    Mera Sabai Raharharu

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ६ मेरा सबै रहरहरू मेरा सबै रहरहरू पूरा भए अब के गरौं दिक्दार भए मसित सायद सब के गरौं । अलिकति बचेको यो ओठको खुशी लेऊ आएन हात कसैको दुःखमा जब के गरौं । आफैलाई हेर्ने नजरले हेरें यो दुनियाँ कर्केनजर पो लगाए उल्टै तब के गरौं । कामै…

  • |

    Nepali Nepali Hami Nepali

    Nepali-patriotic-songs नेपाली देशभक्ति गीत (Nepali patriotic songs) hold a special place in our hearts, celebrating the unity, diversity, and cultural richness of Nepal. From the snowy peaks of the Himalayas to the plains of the Terai, these songs express love and devotion to our nation. १ नेपाली नेपाली हामी नेपाली  नेपाली नेपाली हामीमधेसी होस् वा…

  • |

    Dui Dinko Chola

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ४ दुई दिनको चोला दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ । कर्मसितै लिनु पर्छ सन्तुष्टीको स्वाद जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ । मनमनै पखालेर निरासाको स्वाद तीतो जति निचोरेर फाल्नु ठूलो रैछ । प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद मीठो जति अरुलाई बाँडनु ठूलो…

  • |

    Hey Janmabhumi Swarga Hau Timi

    हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र…