Nepali patriotic songs

Nepali patriotic songs

१ नेपाली नेपाली हामी नेपाली 

नेपाली नेपाली हामी
मधेसी होस् वा जनजाति हामी नेपाली
दलित होस् वा तागाधारी हामी नेपाली
हिमाल, पहाड, तर्राई माटोको रङ्ग एउटै छ
शर्मा या शेर्पा, थारु या राइ रगतको रङ्ग एउटै छ ।

मेचीमा घाम झुल्कदा कालीको शीत पग्लिओस्
हिमाल पग्ली झरेर मैदान सारा भिजाओस्
थिचो र मिचो टिक्दैन, उच र नीच नसम्झौं
मिलेर फूलबारीमा बराबर माया रोपिदेऔं ।

थर हो मान्छे चिन्नलाई होइन है छुटि जानलाई
आपसमा हामी मिलेर मानिस एक बन्नलाई
विदेश राम्रो भन्दैमा दीयोको पुतली नबनौं
जन्मेको माटोपानीलाई चटक्कै हामी नबिर्र्सौं ।

नेपाली नेपाली हामी नेपाली
बुद्ध या हिन्दु, इसाइ या मुस्लिम हामी नेपाली
धनि या गरिब, मजदुर या मालिक हामी नेपाली ।

Nepali Patriotic Songs

(गीतकार- नवराज सुब्बा, संगीत-साजन राई, स्वर- साजन राई, नितु गोस्वामी र सरिता राई, एल्बम देशको माया)

Audio

Video on YouTube

Lyricist- Nawa Raj Subba, Music- Sajan Rai, Voice- Sajan Rai, Nitu Goswami, & Sarita Rai, Album ‘Deshko Maya’ (Nawa Raj Subba)
Deshko Maya Lagcha
Sabai Bhanda