५. बैगुनीलाई गुनले

फूलभित्र लुकी घोच्ने काँडा खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

दिउँसै म त हराएछु हिंड्दाहिंड्दै बजार
सोझो बाटो हिडे पनि छिर्के लाउने हजार
दुस्मनसित मीत लाउन माफी खोज्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

काम अनि मान्छेका नाम सोध्दासोध्दै
कागजमा नअटेर मनमा लेख्दालेख्दै
छक्क परें मान्छेका रूप नाना देख्दै छु
बैगुनीलाई गुनले जित्ने माया रोप्दै छु ।

(गीतकारः नवराज सुब्बा, सङ्गीतकार : धिरज श्रेष्ठ, गायक : डी.बी.राई, एल्बम: अमूल्य जीवन)

Simalako Bhuwa
Sagar Bhanda Gahiro