सहिदलाई सलाम Amulya Jivan Album

 

 

 

 

 

सहिदलाई सलाम

सिङ्गो जीवन बलिदान दिनेलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

देशको मुहार फेर्न तिमी सधैँ अघि बढ्यौ
स्वतन्त्रता र न्याय खातिर लड्दालड्दै मयौ
यस्ता वीर सप्रतलाई लाखौं लाख सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

जनताका आवाजमा आफ्नो बोली गाँस्दै
आफ्ना हक खोस्नेसित हरदम लड्दै
हार कैले नमान्ने योद्धालाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

शोषित पीडित जनताको आत्मबल भर्ने
दीनदुःखीका सपनालाई अति माया गर्ने
भेदभावका पर्खाल तोड्ने वीरलाई सलाम
देशका लागि हाँस्दै मर्ने सहिदलाई सलाम ।

(गीतकार: नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम- अमूल्य जीवन)

Hey Janmabhumi Swarga Hau Timi
Albums Overview