Author name: Dr. Nawa Raj

Dr. Nawa Raj Subba is a public health specialist, researcher, and author with over three decades of experience in healthcare management in Nepal. He has contributed to public health research, operational studies, and intercultural psychology. In addition to his work in health, he has published books and articles on Nepali literature, culture, and music. His contributions have been recognized by civil society, the government of Nepal, and international audiences. Currently, he is engaged in public health and intercultural psychology studies.

क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो

डा. नवराज सुब्बा नेपालमा क्षयरोगको अवस्थाबारे विश्व स्वास्थ्य संगठनको संलग्नतामा गरिएको एक अध्ययन (२०१९) को नतिजा हालसालै सार्वजनिक भएको छ । जसअनुसार नेपालमा क्षयरोगको अवस्था र यसको व्यवस्थापन कार्यक्रम नियन्त्रण बाहिर गएको छ । अर्थात् क्षयरोगीको संख्या अत्यधिक मात्रामा बढ्दै गएको छ । रोग नियन्त्रणमा राज्यले गरेका प्रयास निस्प्रभावी भएका छन् । यस्तै दुःखद खबर […]

क्षयरोगमा नियन्त्रण गुम्नु भनेको नीतिको हैन नेताको असफलता हो Read More »

ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन

डा. नवराज सुब्बा चारसय वर्षअघि काठमाडौं खाल्डोपूर्वको किरातकालिन इतिहासले आधुनिक नेपाल निर्माणको आधारशिला निर्माण गरेको थियो । हालको संघीय गणतान्त्रिक नेपालमा काठमाडौंपूर्व तीन प्रदेश निर्माण भएका छन् । ऐतिहासिक किराती राजा लोहाङ सेनको मकवानपुर हाल प्रदेश न ३ भएको छ । उनकै नामबाट रहेको लाहान नगर हाल प्रदेश न. २ मा पर्दछ । उनकै शासनकालमा

ग्रेटर नेपालका नायक किराती राजा लोहाङ सेन Read More »

हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा

डा. नवराज सुब्बा ताप्लेजुङ जिल्लाको हाङपाङ बस्ने फयङहाङ साँबाको इतिहास तथा वंशावलीको अध्ययनको क्रममा अन्य साँबा तथा लिम्बूहरुको वंशावाली, तथा इतिहास उपयोगी सावित भएका छन् । प्राथमिक श्रोतको रुपमा आफ्नै र अरु थरका बूढापाका जान्नेबुझ्नेसित अन्तरवार्ता तथा भनाईमार्फत् सूचना संकलन गरिएका छन् । यसरी एक थरीको इतिहास अध्ययन गर्दा स्वतः अन्य थरी लिम्बूको पनि जानकारी

हाङपाङमा खुर्पेठ्याक गर्ने फयङहाङ साँबा Read More »

पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत

डा. नवराज सुब्बा लिम्बू जातिको एउटा मौलिक लोकगीत परम्परालाई पालाम् भनिन्छ । धान पाकेपछि काटेर बालाबाट दानालाई झार्न नाचिने नाचबाट ‘धाननाच’ सुरू भएको जनश्रुति छ । यही धाननाचमा पछि पालामको विकास गरियो भन्ने लिम्बू जातिको जनविश्वास छ । पाःलाम् (बोल्+नु+बाटो/माध्यम) बाट पालाम शब्दको व्युत्पत्ति भएको मानिन्छ । जसको अर्थ हो मनको भावना अभिव्यक्त गर्नु ।

पालाम् मार्फत् मानसरोवर तालको मुन्धुमी संकेत Read More »

हाङपाङ गाउँको ऐतिहासिकता

डा. नवराज सुब्बा भनिन्छ, हाङपाङ भनेको राजाको गाउँ हो । तर त्यो गाउँमा न कुनै राजाको दरवार छ न कुनै भग्नावशेष नै । यसैले यो नामाकरणमा धेरैले शंका, उपशंका गर्ने गर्दछन् । यही जिज्ञाशालाई शान्त पार्न एक ऐतिहासिक तथ्य अघि सार्दैछु । ताप्लेजुङ जिल्लामा पर्ने हाङपाङ गाउँको नामाकरण विजयपुरको किरातकालिन इतिहाससंग जोडिन पुग्दछ । यससम्बन्धी

हाङपाङ गाउँको ऐतिहासिकता Read More »

फगिङ मेसिन भोट मेसिन नबनोस्

डा. नवराज सुब्बा लामखुट्टे नियन्त्रण गर्न मेसिन वितरण भएको समाचार एक अनलाइन पत्रिकामा प्रकाशित छ (Our Biratnagar, 2019) । लामखुट्टेको टोकाईबाट बच्नलाई हो वा लामखुट्टेबाट सर्ने रोगबाट बच्नको लागि मेसिनको व्यवस्था भएको भन्ने कुरा समाचारमा स्पष्ट छैन । ३० थान फगिङ मेशीन वितरण गरिएको छ । विरानगरलाई ६ थान, बेलबारीलाई ३ थान तथा गाउपालिकालाई २

फगिङ मेसिन भोट मेसिन नबनोस् Read More »

किन फालिए तम्बरखोलामा जनैका ढाकर

डा. नवराज सुब्बा आदिवासी लिम्बू जाति प्राचीनकालदेखि आर्यसंग संसर्गमा रहेर पनि किन हिन्दू धर्मसित विकर्षित भयो भन्ने सवाल इतिहासले बेलाबेला उठाउँछ र जवाफ पनि इतिहासभित्रै खोज्न लगाउँछ । आर्य धर्मग्रन्थमा ‘किरात’ शब्द प्रयोग गरियो भनेर वर्तमानमा यो शब्दप्रति नै वितृष्णाको मनोविज्ञान एकथरीमा चलायमान छ । जबकि सिन्धुमा आर्य आउनअघि सिन्धुघाँटीमा अवस्थित महञ्जोदरो र हरप्पा सभ्यताका

किन फालिए तम्बरखोलामा जनैका ढाकर Read More »