Interaction on Health Care Services
राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू
राष्ट्रिय दादुरा रुबेला खोप अभियानः जान्नु पर्ने केही कुराहरू
— नवराज सुब्बा
पृष्ठभूमि
दादुरा अति संक्रामक रोग हो । नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरु मृत्यु गराउने प्रमुख कारण मध्ये दादुरा रोग एक हो । दादुरा खोपबाटै विश्वमा दादुरा रोगमा कमि आएको छ । नेपालमा सन् २००४ र सन् २००८ मा दादुरा खोप अभियान संचालित थियो । फलस्वरुप नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुमा सन् १९९० को दशकको तुलनामा बालमृत्युदरमा ५० प्रतिशतले कमि आएको छ ।
शुभकामना !
शुभकामना ! हङकङ नेपाली महासंघ तथा गायक कलाकार सुमित खड्काजी ! हङकङ नेपाली महासंघको निमन्त्रणामा नेपाली देशभक्तिगीत गायनमा पहिचान बनाएका चर्चित युवा गायक सुमित खड्का विराटनगरबाट हङकङ यात्रामा निस्कनु भएको छ । निकट भविश्य (संभवत ३० नोभेम्बर) मा हङकङमा आयोजित समारोहमा मैले रचना गरेको गीत तथा बरिष्ठ संगीतकार शक्ति बल्लभको संगीतमा महासंघको अफिसियल गीत गायक सुमित खड्काद्वारा प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
छठपर्व विदामा अनाथाश्रम
२०६९ सालको छठपर्वको अवसरमा युवागायक सुमित खड्काको गीत सुन्न तथा र अनाथाश्रमका बालकलाकारहरुको नृत्य हेर्न पूर्वाञ्चल अनाथाश्रम गइयो । करिव एक घण्टाको सास्कृतिक कार्यक्रमको अन्तमा बालबालिका र अनाथाश्रमलाई शुभकामना व्यक्त गरियो र बालबालिकाहरुलाई खाजास्वरुप बिस्कुट र चाउचाउ दिंदै फेरि भेट्ने बाचा गर्दै अपरान्हतिर बिदा मागियो ।
एच.आइ.भी.एड्स प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा
कार्तिक २७, २०६९ विराटनगर नेपाल । जिल्ला विकास समिति मोरङको सहयोगमा तिहारको अवसरमा स्पर्श नेपाल संस्थाद्वारा आयोजित एक कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बा र विशेष अतिथि परिवार नियोजन संघका प्रमुख सुरेश प्रधानले प्रभावित बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरे ।
हामी पहिले नेपाली लोकार्पण
कार्तिक १९, २०६९ काठमाडौं । कुलपति बैरागी काइँलाले “हामी पहिले नेपाली” गीति एल्बम विमोचन गर्नु भएको छ । एल्मबमा नवराज सुब्बाको शब्द, शक्ति बल्लभ संगीत तथा सुमित खड्काको आवाज रहेको छ ।