विराटनगरमा होमियोपेथिक सेवा विस्तार

भाद्र ३०, २०६९ विराटनगर नेपाल ।
नेपाल होमियोपेथिक चिकित्सक संघ विराटनगरले जनसहभागितामा होमियापैथिक चिकित्सा सेवा विस्तार गरेको छ ।

बिपन्न मोरङवासीलाई औषधोपचारमा सरकारी सहायता – नवराज सुब्बा

नेपाल सरकारले २०६७ साल चैत्र महिनादेखि आर्थिक रुपले बिपन्न नागरिकलाई क्यान्सर, हृदयरोग, एल्जाइमर, पार्किन्सन्स वा मृगौला आदि जस्ता कडा रोग लागेको अवस्थामा उपचार गराउँदा आर्थिक सहायताको व्यवस्था गरेको छ । यसरी कडा रोग लागेर विरामीलाई नेपालमा वा विदेशमा गई उपचार गराउँदा मेडिकल बोर्डको सिफारिसमा बढीमा रु एक लाख रुपैयासम्मको औषधी उपचार खर्च प्रदान गर्ने व्यवस्था मिलाएको हो । २०६८ कार्तिक महिनाअघि यो रकम रु ५० हजार रुपैयासम्म मात्र तोकिएको थियो ।

भाइरल ज्वरो सम्बन्धी महत्वपूर्ण तथ्यहरू – नवराज सुब्बा

१. विषयप्रवेश
सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय वा छात्रावासका धेरै विद्यार्थीलाई तथा अस्पताल, कारागार, ब्यारेकजस्ता एकत्रित भएर बस्ने मानिसलाई एकसाथ प्रभावित पार्दछ । जसलाई हामी महामारी भन्दछौं । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०६८/६९ सालमा ३७१४ जनाले इन्फ्लुएञ्जा रोगको उपचार स्वास्थ्य संस्थाहरुमा गरेको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा रहेको पाइन्छ । उक्त तथ्यांक हेर्दा वर्षैभरि यो रोग देखिएता पनि वैशाक देखि भाद्र महिनासम्म यो रोगको विरामीदर बढी देखिन्छ ।

निर्मलाको नियति !

मैले
यति कुरुप आकाश
आजसम्म देखेकै थिएन ।
आज म माथिको
आकाशमा घाम छैन
जून छैन, तारा छैन
आकाशमा हावा छैन आज
वर्षा गराउने एक टुक्रा बादल छैन
उडिरहेका छैनन् आज आकाशमा चरा
परेवा, ढुकुर, जुरेली, भँगेरा, मौरी
पुतली या कुनै सुगन्ध छैनन्
आकाशमा त आज
बारुदको मुस्लो उडिरहेको छ
बेला बेला मेघले झैं
छातीमैं बमको चट्याङ हानेर
बमवर्षक बिमानहरु
लस्करै उत्तरदक्षिण उडिरहेछन्
यो निर्मल आकाशमा
मैले यत्ति कुरुप दृष्य
कहिल्यै सोचेकै थिइन ।

उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु पुरस्कृत

भाद्र ८, २०६९ विराटनगर मोरङ । मोरङ जिल्लामा समुदायलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट…

नेपालको राजवंशी समुदाय र तिनका मौलिक सांस्कृतिक परम्पराहरू – नवराज सुब्बा

१.१ पृष्ठभूमि
पूर्वी नेपालको कोच समुदाय राजवंशी नामले परिचित छ । यो समुदाय मोरङ र झापा जिल्लाका विभिन्न भागमा विगत लामो समयदेखि बसोबास गर्दै आएका छन् । राजवंशीको अर्थ हुन्छ “राजपरिवार” अर्थात् “राजवपरिवारसंग आबद्ध” । राजामहाराजाको वंशका भएकाले यिनीहरूले आफूलाई राजवंशी भनेका हुन् । यसले के कुरा बुझाउँछ भने यो समुदायको कुनै समय समृद्ध राज्य र सम्पन्न संस्कृति थियो । राजबंशी जातिलाई कोच अर्थात् कोचे भनेर पनि चिनिन्छ ।