बाणीमा कविगोष्ठी

असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल,

गीतसंगीतः मेरा मूल्य र मान्यता

– नवराज सुब्बा

कुनैबेला रचना गरेको तर बिर्सिसकेको सम्भवतः मेरो जीवनको पहिलो गीत करिब तीन दशक पछि अरूकै मुखबाट सुन्न पाएँ, आज । त्यस्तै ३०/३१ सालतिर म ९/१० कक्षामा पढ्दा मैले एउटा गीत रचना गरें । र रेडियो नेपालमा बज्ने एउटा लोकप्रिय गीतको धूनमा आधारित संगीत पनि भरें । अनि हारमोनियम बजाउँदै मादलको तालमा आफ्नै बहिनी सरलालाई नचाएँ । सरस्वती माध्यमिक विद्यालयको साँस्कृतिक कार्यक्रममा सोही गीत र नृत्य प्रस्तुत गरियो । तर केही समयपछि त्यो गीत बिर्सिइयो । आजकल मैले एलबम निकाल्न थालेको देखेर उनै बहिनीले “त्यो पुरानो गीत पनि थियो नि दाजु रेकर्ड गर्नु नि !” भनेर उनले खर्रर गाइन् । म दङ्ग परें ।

ए बहार Û तिमीसित हाँसु हाँसु लाग्छ,
आँसु पुछि तिमीसित नाचु नाचु लाग्छ…

कबिहरुकै स्वरमा सुनौ कविताहरु : Himali Sworharu A Global Nepali Online Radio

सृजनाका स्वरहरुमा हिमाली स्वरहरुको नियमित शृंखलामा प्रस्तुत भै सकेका केहि कविताहरु हामी पुन प्रसारण गर्दै छौ.आज हामी नवराज सुब्बा,डा.शिव गौतम,बासु श्रेष्ठ र राजु अधिकारीका कविताहरु सुन्दै छौ