रचना

प्रेमील तीन मुक्तक

नवराज सुब्बा — एक — अब एक्लै यसरी आफैसित रुँदिन नहेर एकोहोरो अब म तिम्रो हुँदिन बिन्ति आँखा नजुधाऊ प्रिय मसित यी हातले अब तिम्रो तस्बीर छुँदिन । — दुई — तस्वीरमा झैं म सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको […]

प्रेमील तीन मुक्तक Read More »

मुक्तक-2

किन हो चरी रोएको मन पर्छ मनको रुमाल धोएको मन पर्छ आफैलाई दुखे पनि किन होला त्यो तिर्सनाले छोएको मन पर्छ । — तस्वीरमा झैं सधैं राम्रो भएको भए कवितामा झैं यौवन नओइलाएको भए प्रेम पनि अमर कहाँ हुन्थ्यो होला प्रिय ! तिमीलाई साँच्चै आफ्नै बनाएको भए ।

मुक्तक-2 Read More »

मेरो सपना

बि.स. २०४० सालमा पाँचथरको इम्बुङ हेल्थपोष्टको उद्घाटन मेरै कार्यकालमा तत्कालीन गृहमन्त्री श्री पद्मशुन्दर लावतीबाट भएको थियो । लोकसेवा आयोगबाट जनस्वास्थ्य कार्यालय पाँचथर हुँदै इम्बुङ हेल्थपोष्टलाई प्रत्यायोजित अधिकार प्रयोग गरेर त्यसबेला मैले स्थानीय दुईजना युवा भाईहरुलाई कार्यालय सहयोगी (पियन) को रुपमा स्थायी नियुक्ति गरेको थिएँ । नियुक्ति भए बापत उनीहरुले खुशीयालीमा एक एक वोटा भाले… ल्याएर

मेरो सपना Read More »

समयको स्वाद

‘Samayako Swad’ a collection of memoir written by Nawa Raj Subba has been released. Essays was published by Banni Prakashan. Second essay book of Subba was uncovered by Prof. Bal Krishna Pokhrel in a ceremony. असार २२, २०७० शनिबार, विराटनगर । साहित्यकार नवराज सुब्बाद्वारा लिखित वाणी प्रकाशनद्वारा प्रकाशित “समयको स्वाद” निबन्धसंग्रह लोकार्पण भयो । वाणी

समयको स्वाद Read More »

सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा

सन्दर्भः अन्तर्राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवस अप्रिल २६, २०१३ यस पालिको अन्तराष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार दिवसको नारा रहेको छ— सिर्जनशीलता र भावी पुस्ता । आजको सिर्जनशीलता आजको लागि मात्र नभएर भावी पुस्ताको भाग्य पनि निर्धारक हो भन्ने अवधारणाका साथ अप्रिल २६ का दिन विश्वमा यो दिवस मनाइदैछ । यो दिवस मनाउन कुनै प्लेकार्ड वा ब्यानर

सिर्जाशीलता र भावी पुस्ता – नवराज सुब्बा Read More »

शुभकामना गीत

नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसंग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि

शुभकामना गीत Read More »

शुभकामना गीत लोकार्पण

२०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

शुभकामना गीत लोकार्पण Read More »