मुक्तक
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
म त तिमीलाई दिन्न बधाई अब अलिकति छ खुशी बाँड्दिन सब किनकि जसलाई दिएँ शुभकामना ती सबै ढले शिखर नपुग्दै सब । भाद्र १२, २०६८
कवि नवराज सुब्बा आफ्नो चौथो कवितासंग्रह “यात्रा आधा शताब्दीको” लिएर नेपाली साहित्यमा पाठक सामु उदाएका छन् । यस पहिले नै उनका “जीवन मेरो शब्दकोशमा २०६३” “बीच बाटोमा ब्यूँझेर २०६५” तथा “सहिदलाई सलाम २०६७” शीर्षकको गीतसङ्ग्रह प्रकाशित छन् । उनको रचना “मनको मझेरी २०६४” नामक निबन्धसङ्ग्रह प्रकाशित छ भने उनका गीति एल्बम्, भिडियो एल्बम्, गजल एल्बम्हरू…
भनिन्छ, सन्तान र सिर्जना उस्तै-उस्तै हुन् यिनको माया बराबरी लाग्छ । तर साहित्य र कला क्षेत्रमा सिर्जनाबारे गहिरिएर हेरेमा केही मूलभूत अन्तर भेटिन्छन् । बर्तमान नेपालमा दुइमात्र सन्तान इश्वरका बरदान भन्ने गर्दछौं । यसको पछि विश्व जनसंख्या नीति र असल घरब्यवस्थापनको कुटनीति लुकेको छ । त्यसैले दुइभन्दा बढी सन्तान नहुन बन्ध्याकरण गरिन्छ वा परिवार नियोजन…
अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।
यता केही समयदेखि गीत, कविता र निबन्धमा सक्रियतापूर्वक सिर्जनारत भइरहेका स्रष्टा हुन् नवराज सुब्बा । यी तीनै क्षेत्रमा आफ्नो परिचय स्थापित गर्दै आइरहेका श्रष्टा नवराज सुब्बाको पछिल्लो कृति सहिदलाई सलाम गीतसंग्रह भर्खर साझा प्रकाशनबाट प्रकाशित भएको छ । श्रष्टा सुब्बा स्वयम् गायक र संगीतकार पनि हुन् । उनको पहिलो क्षेत्र गीतिजगत नै हो । तर…
असार १९, विराटनगर । साहित्यकार नवराज सुब्बाले आफ्नो तेस्रो कवितासङ्ग्रह “यात्रा आधा शताब्दीको” हालै विराटनगरमा एक समारोहमा सार्वजनिक गर्नुभयो ।
‘हरहर महादेव पानी देऊ देऊ यत्तिले पुगेन अलि थपिदेऊ’ भन्दै रित्ता गाग्रीहरूको जुजुस हिड्यो सडकमा कैलाशमय कान छिचोल्न गगनभेदी बन्दूक पड्काइयो र मागियो झरी यसपाली खडेरीमा